२९ भाद्र २०८३, सोमबार
,
Latest
तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामीलाई चीन चाहिन्न : ट्रम्प



अ+ अ-

वासिङटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीन नभए पनि अमेरिकालाई फरक नपर्ने भन्दै चेतावनी दिएका छन्। चीनले अमेरिकी सामानमाथि नयाँ भन्सार शुल्क लगाउने घोषणापछि ट्रम्पले यस्तो चेतावनी दिएका हुन्।

ट्रम्पले अमेरिकी कम्पनीलाई तत्काल चीन छाड्न पनि आदेश दिएका छन्। उनले चीनसँग व्यापार नभए पनि अमेरिकालाई अप्ठेरो नपर्ने उनले बताएका छन्। ट्रम्पले भने, ‘साँच्चिकै भनौं भने चीनसँग व्यापार नभए हाम्रो प्रगति हुनेछ।’ चीनसँग व्यापार युद्ध भइरहेको बताउँदै उनले सधैं यस्तो विवाद उचित नभएको बताएका छन्। चीन(अमेरिका व्यापार युद्ध शुरु हुनुअघि नै अमेरिकी अर्थतन्त्र कमजोर देखिन थालेको छ। यसको प्रभाव अन्तर्राष्ट्रिय व्यापारमा भरेको छ र शुयर बजारको स्थिति पनि खस्कँदो छ।

ट्रम्पले भने, ‘हाम्रो देशलाई वर्षौंसम्म चीनबाट डलर नोक्सान भएको छ।’ चीनले एक वर्षसम्म अर्बौं डलर बराबरको अमेरिकी बौद्धिक सम्पत्ति चोरी गरेको उनको भनाइ छ। चीनले यस्तो चोरी काम जारी राख्न चाहेको र यसलाई आफूले हुन नदिने ट्रम्पको दाबी छ। उनले अमेरिकी कम्पनीहरूलाई चीनमा लगानी बन्द गर्न आग्रह गरेका छन्। चीनमा रहेका अमेरिकी कम्पनीले चीनको विकल्प स्थान रोज्न उनले आग्रह गरेका छन्। उनले सकभर ती कम्पनीलाई अमेरिका फिर्ता आउन र उत्पादन शुरु गर्न आह्वान गरेका छन्।

यसअघि चीनले शुक्रवार अमेरिकाबाट आयात हुने ७५ अर्ब अमेरिकी डलर बराबरको सामानमा १० प्रतिशत शुल्क बढाउने घोषणा गरेको छ।

ट्रम्प सरकारले १५ अगस्तमा ३ खर्ब अमेरिकी डलर बराबरको चिनियाँ उत्पादनमा १० प्रतिशत अतिरिक्त शुल्क लगाएको थियो। उक्त शुल्क १ सेप्टेम्बर र १५ डिसेम्बर गरी दुई चरणमा लागू हुनेछन्। अमेरिकी कदमको प्रतिउत्तरमा चीनले पनि अमेरिकामा बनेका गाडी र त्यसका पार्टपुर्जामा २५ प्रतिशत अतिरिक्त शुल्क लगाउने घोषणा गरेको छ। बेलायत चिन्तित

पेरिस बेलायतले चीन(अमेरिका व्यापार विवादका विषयमा चासो व्यक्त गरेको छ। फ्रान्स भ्रमणमा रहेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले शुक्रबार ‘जस्तालाई तस्तै’ भन्ने भावले विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीच देखिएको व्यापार विवादले विश्व अर्थतन्त्रलाई प्रभावित तुल्याइरहेको भन्दै यसप्रति चिन्ता व्यक्त गरेका हुन्।

बदलाको भावमा दुई मुलुकले आ-आफ्ना तर्फबाट कर बढाई व्यापारमा संरक्षणवादी नीतिलाई अघि सार्दा यसले विश्व अर्थतन्त्रमा समस्या आएको छ। उनले भने, ‘मलाई यस विषयले निकै चिन्तित तुल्याएको छ। यसको प्रभाव बेलायतलाई समेत पर्नसक्ने खतरा रहेको छ तर यो खतरा मोल्न बेलायत चाहिरहेको छैन। यस्तो निरन्तरता हुनु राम्रो होइन। यसले कसैलाई फाइदा गर्नेछैन।’ ती दुई देशबीचको तनाव छिटै कम होस् भन्ने चाहेको उनले बताए।