२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेलवे प्लेटफर्मबाट सिधै बलिउड म्युजिक ईन्डष्ट्रिमा पुगे ‘रानू मण्डल’



अ+ अ-

रेलवेको एक प्लेटफर्ममा लता मंगेशकरको गीत ‘एक प्यारका नगमा हे’ गीत गाएको भिडियो भाइरल भएपछि सामाजिक संजालमा चर्चित भएकी रानू मण्डल गायिकाको रुपमा बलिउडमा स्थापित हुन तयार छिन् ।

मण्डलको भिडियो २८ जुलाईमा ‘बरपेटा टाउन द प्लेस अफ पीस’ नामको फेसबुक पेजबाट साझा गरिएको थियो । जुन भिडिउयोले अहिलेसम्म ४० लाख बढी दर्शकको माया पाईसकेको छ । तर कुरा त्यतिमै सिमि रहेन, रानूलाई रेलवे स्टेशनबाट उठाएर सिधै बलिउडको गीतमा प्रवेश गराएका छन् संगीतकार–अभिनेता हिमेश रेशमियाले ।

जसकारण उनका फ्यानहरुले उनको निकै प्रसंशा पनि गरेका छन् । संगीतकार–अभिनेता हिमेश रेशमियाले मण्डलसँग ‘तेरी मेरी कहानी’ शीर्षकको गीत रेकर्ड गरी सकेकी छिन् । हिमेशका अनुसार यो गीत उनको आगामी फिल्म ‘ह्पाप्पी हार्डी एण्ड हीर’ मा राखिने बताईएको छ ।

रेशमियाले रानूसँग आफ्नो रेकर्डिङको क्रममा बनाएको भिडियो साझा गर्दै लेखे, ‘यदि हामीसँग आफ्नो सपना पूरा गर्ने क्षमता छ भने सबै सपना साकार हुनसक्छ । एक सकारात्मक धारणाले वास्तवमा सपनालाई साकार पार्न सक्छ । तपाईंको प्रेम र समर्थनका लागि धन्यवाद ।’

https://www.youtube.com/watch?v=742oFYYFnSo