काठमाडौं । सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार घटेर ३ लाख १ हजार रुपैयाँ कायम भएको हो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घटेको छ । आइतबार ४ हजार ६६० रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार ४ हजार ६२० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।








