२९ भाद्र २०८३, सोमबार
,
Latest
‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्य निर्माणका लागि हुने बताउनुभएको छ ।

राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली बालबालिकाको सुख, समृद्धि, सुस्वास्थ्य, सफलता, बालमैत्री वातावरण र उत्कृष्ट भविष्यको कामना गर्नुभएको हो ।

यस वर्ष ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने राष्ट्रिय नाराका साथ राष्ट्रिय बाल दिवस मनाइँदैछ । प्रधानमन्त्री शाहले बालबालिकाको वर्तमान सुरक्षित र अधिकारसम्पन्न बनाएर मात्रै राष्ट्रको समृद्ध भविष्य निर्माण गर्न सकिने बताउनुभएको छ ।

उहाँले बालअधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनमा निरन्तर क्रियाशील अभिभावक, शिक्षक, जनप्रतिनिधि, राष्ट्रसेवक, नागरिक समाज, विकास साझेदार, सञ्चारजगत् तथा सम्पूर्ण सरोकारवालाप्रति सम्मान व्यक्त गर्नुभएको छ ।

नेपालले संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ अनुमोदन गर्दै भेदभावरहितता, बालबालिकाको सर्वोत्तम हित, जीवन, बाँच्न र विकास तथा विचार व्यक्त गर्ने अधिकारमा आधारित सिद्धान्तप्रति अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ ।

यी मूल्य–मान्यतालाई नेपालको संविधानको धारा ३९ मा रहेको बालबालिकाको हक, राष्ट्रिय बालबालिका नीति, २०८० तथा बालबालिकासम्बन्धी ऐन, २०७५ ले मौलिक तथा कानुनी अधिकारका रूपमा सुनिश्चित गरेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री शाहले अबको मुख्य प्राथमिकता संवैधानिक तथा कानुनी रूपमा सुनिश्चित बालअधिकारलाई प्रत्येक बालबालिकाको दैनिक जीवनमा वास्तविक अनुभूति गराउनु रहेको बताउनुभएको छ । त्यसका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, सहकार्य र उत्तरदायित्व आवश्यक रहेको उहाँले उल्लेख गर्नुभएको छ ।

सन्देशमा सङ्घले राष्ट्रिय नीति, कानुनी तथा संस्थागत आधार सुदृढ गर्ने, प्रदेशले समन्वय र सेवाको विस्तार गर्ने तथा स्थानीय तहले बालबालिकाको सबैभन्दा नजिकको सरकारका रूपमा जोखिम पहिचान, संरक्षण, सेवा प्रवाह र बालमैत्री वातावरण निर्माण गर्ने गरी तीनै तहका प्रयासलाई एउटै परिणाममुखी दिशामा अघि बढाउनुपर्नेमा जोड दिइएको छ ।