२९ भाद्र २०८३, सोमबार
,
Latest
‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व



फाइल फोटो
अ+ अ-

काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष २०८२÷८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजार १९२ सवारी चालकबाट रु एक करोड ७२ लाख ५४ हजार ५०४ राजस्व सङ्कलन गरेको छ ।

उक्त कार्यालयका प्रमुख रमेश विष्टले सो अवधिमा साउनदेखि पुससम्म सात हजार ३९० र माघदेखि असारसम्म १० हजार ८०२ सवारी चालकलाई कारबाही गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार कारबाहीको सङ्ख्या बढे पनि जिल्लामा सवारी दुर्घटनामा अपेक्षित कमी आउन सकेको छैन ।

आर्थिक वर्ष २०८२÷८३ मा मकवानपुरमा ४१४ सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा ६४ जनाको मृत्यु भएको थियो भने ११४ जना गम्भीर र ७११ जना सामान्य घाइते भएका छन् । पहिलो छ महिनामा १९७ र पछिल्लो छ महिनामा २१७ सवारी दुर्घटना भएका थिए ।

पहिलो छ महिनामा ३५ र पछिल्लो छ महिनामा २९ जनाको मृत्यु भएको कार्यालयको तथ्याङ्क छ । प्रमुख विष्टले कारबाही मात्रै गरेर सवारी दुर्घटना नियन्त्रण गर्न नसकिने भन्दै चालक तथा सडक प्रयोगकर्तामा ट्राफिक नियमप्रतिको चेतना र जिम्मेवारी आवश्यक रहेको बताउनुभयो । “कारबाही मात्रै गरेर हुँदैन, चेतना पनि हुनुप¥यो”, उहाँले भन्नुभयो, “दुर्घटना घट्नुपर्ने हो तर घटेको छैन । चालकको लापरबाही पनि दुर्घटनाको प्रमुख कारण हो ।”

गत आर्थिक वर्षमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७१३ जनालाई कारबाही गरिएको छ भने लागूपदार्थ सेवन गरी सवारी चलाएको आरोपमा ४५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको कार्यालयले जनाएको छ ।