२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी

असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी
अ अ+ अ-

काठमाडौं । भोटेकोशी बाढीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक विभागले असोज १ गतेदेखि सबै प्रकारका सवारीसाधनका लागि दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी गरेको छ ।

सडक विभागको योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शुभराज न्यौपानेका अनुसार कृष्णभीरमा सडक खोल्ने कामको परीक्षण सफल भएको छ । तर सडकमा ग्राभेल बिछ्याउने, सतहगत निकास (सब–सर्फेस ड्रेनेज) निर्माण गर्ने तथा सक्रिय पहिरो क्षेत्रमा पानी निकासका लागि फ्रेन्च ड्रेन र होरिजोन्टल ड्रिलिङको काम भने अझै बाँकी छ ।

भदौ १० गते आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गका विभिन्न खण्डमा क्षति पुगेको थियो । त्यसपछि भदौ १४ गते आएको अर्को बाढीले नदी कटान बढाउँदा परेवाभीर, कृष्णभीरलगायत क्षेत्रमा सडकको तल्लो भाग बगाएको थियो ।

कृष्णभीर पुरानो पहिरो सक्रिय हुने क्षेत्रसमेत भएकाले सडक विभागले प्राविधिक विज्ञ तथा नेपाल जियोटेक्निकल सोसाइटीसँग परामर्श गरेर तत्काल यातायात सञ्चालन गर्ने निर्णय गरेको न्यौपानेले बताउनुभयो । पहिरोतर्फबाट सडक खन्दै सुरुमा एक लेनको ट्र्याक खोल्ने र त्यसलाई विस्तार गर्दै दुईतर्फी यातायात सञ्चालन गर्ने गरी काम अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

आइतबार गरिएको परीक्षणका क्रममा कृष्णभीरमा ट्र्याक खोलेर ग्यास बुलेटहरू पार गराउँदै सडकको परीक्षण गरिएको थियो । परीक्षण सफल भए पनि ग्राभेल बिछ्याउने र पानी निकासको काम बाँकी रहेकाले तत्कालका लागि सडक सञ्चालन रोकिएको विभागले जनाएको छ ।

बाँकी काम पूरा भएपछि असोज १ गतेदेखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी रहेको न्यौपानेले बताउनुभयो । यद्यपि माथिबाट पहिरो खस्ने वा अन्य प्राविधिक समस्या देखिएमा सडकको अवस्था हेरेर यातायात सञ्चालनसम्बन्धी निर्णय गरिने उहाँको भनाइ छ ।

सक्रिय पहिरो क्षेत्रमा पानी जम्न नदिन फ्रेन्च ड्रेन तथा होरिजोन्टल ड्रिलिङमार्फत निकासको व्यवस्था गरिने विभागले जनाएको छ । बाढीका कारण नदीको सतह बढ्नुका साथै नदी कटानले पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडकको तल्लो भागमा क्षति पुगेको विभागको भनाइ छ ।

भोटेकोशी बाढीको प्रभाव पृथ्वी राजमार्ग हुँदै त्रिशूली र नारायणी क्षेत्रसम्म परेको भन्दै सडक विभागले यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ । विपद्को समयमा अत्यावश्यक कामबाहेक यात्रा नगर्न र यात्रा गर्नैपर्ने भए सडकको अवस्था बुझेर मात्र अघि बढ्न उपमहानिर्देशक न्यौपानेले आग्रह गर्नुभएको छ ।

बाढी तथा वर्षाको अवस्था सामान्य भएपछि पृथ्वी राजमार्गको विस्तृत प्राविधिक मूल्याङ्कन गरी आवश्यक सुधार, मर्मत तथा पुनर्निर्माणका दीर्घकालीन काम अघि बढाइने विभागले जनाएको छ ।