काठमाडाैँ । घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते भएकी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
अर्जुनचौपारी गाउँपालिका–४ सुनारटोलकी ३५ वर्षीया सबिना सुनार सोमबार बिहान करिब १० बजे मेलपानी भिरमा घाँस काट्ने क्रममा अचानक करिब ४०० मिटर तल लडेकी थिइन् ।
भिरबाट लडेपछि गम्भीर घाइते भएकी सुनारलाई प्रहरी चौकी रापाकोटबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल पुतलीबजार, स्याङ्जा पठाएको थियो । अस्पताल पुर्याइएपछि चिकित्सकले बिहान ११ः५० बजे उनलाई मृत घोषणा गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।









