१ पुष २०८२, मंगलवार
,
Latest
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेलवे प्लेटफर्मबाट सिधै बलिउड म्युजिक ईन्डष्ट्रिमा पुगे ‘रानू मण्डल’



अ+ अ-

रेलवेको एक प्लेटफर्ममा लता मंगेशकरको गीत ‘एक प्यारका नगमा हे’ गीत गाएको भिडियो भाइरल भएपछि सामाजिक संजालमा चर्चित भएकी रानू मण्डल गायिकाको रुपमा बलिउडमा स्थापित हुन तयार छिन् ।

मण्डलको भिडियो २८ जुलाईमा ‘बरपेटा टाउन द प्लेस अफ पीस’ नामको फेसबुक पेजबाट साझा गरिएको थियो । जुन भिडिउयोले अहिलेसम्म ४० लाख बढी दर्शकको माया पाईसकेको छ । तर कुरा त्यतिमै सिमि रहेन, रानूलाई रेलवे स्टेशनबाट उठाएर सिधै बलिउडको गीतमा प्रवेश गराएका छन् संगीतकार–अभिनेता हिमेश रेशमियाले ।

जसकारण उनका फ्यानहरुले उनको निकै प्रसंशा पनि गरेका छन् । संगीतकार–अभिनेता हिमेश रेशमियाले मण्डलसँग ‘तेरी मेरी कहानी’ शीर्षकको गीत रेकर्ड गरी सकेकी छिन् । हिमेशका अनुसार यो गीत उनको आगामी फिल्म ‘ह्पाप्पी हार्डी एण्ड हीर’ मा राखिने बताईएको छ ।

रेशमियाले रानूसँग आफ्नो रेकर्डिङको क्रममा बनाएको भिडियो साझा गर्दै लेखे, ‘यदि हामीसँग आफ्नो सपना पूरा गर्ने क्षमता छ भने सबै सपना साकार हुनसक्छ । एक सकारात्मक धारणाले वास्तवमा सपनालाई साकार पार्न सक्छ । तपाईंको प्रेम र समर्थनका लागि धन्यवाद ।’

https://www.youtube.com/watch?v=742oFYYFnSo