१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी

खानेपानी योजना सञ्चालनार्थ उपभोक्ताबाटै सापटी

खानेपानी योजना सञ्चालनार्थ उपभोक्ताबाटै सापटी
अ अ+ अ-

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकामा सञ्चालन गर्न लागिएको सुनकोसी पाँचखाल बृहत् खानेपानी परियोजनाका लागि उपभोक्ताबाटै ऋण सापटी गरिएको छ । हालसम्म त्यहाँका ५५ उपभोक्ताले दुई लाखका दरले ऋण सापटी दिएकामा रु एक करोडभन्दा बढी जम्मा भएको छ । स्थानीय उपभोक्ताले परियोजनाको बैंक खातामा रु १८ हजारका दरले कूल योजनाको पाँच प्रतिशत अर्थात् रु ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गर्नुपर्ने शर्त छ ।

शर्तअनुसार रकम जम्मा नभएपछि १८ हजार जम्मा गर्न नसक्ने उपभोक्तालाई सहकारीको ऋणी बनाइएको छ भने नपुग उपभोक्ताबाटै ऋण सापटी लिइएको वडा नं ७ का वडाध्यक्ष पुष्कर ढकालले बताए । उनले भने “समयमै खानेपानी सञ्चालनका लागि ऋण सापटी अभियाअन्तर्गत मैले पनि रू दुई लाख दिएको छु ।”

नेपाल सरकार, नगर विकास कोष, एशियाली विकास बैंक (एडिबी) र उपभोक्ताको लगानी रहेको सो परियोजनामा नगरपालिका कार्यालयको जमानीमै स्थानीय उपभोक्तालाई सहकारीमार्फत रु दुई करोडको ऋणी पनि बनाइएको छ । इन्द्रावती नदी किनारमा इनार बनाइ लिफ्टिङ प्रविधिद्वारा पाँचखाल नगरका विभिन्न बस्तीमा खानेपानीको व्यवस्था गर्न लागिएको छ ।

स्थानीय सहकारीले भने चलनचल्तीभन्दा कम (न्यूनतम पाँच प्रतिशतसम्म) ब्याजदरमा करीब एक हजार ५०० खानेपानी उपभोक्तालाई ऋण लिन लगाइएको नगरप्रमुख महेश खरेलले बताए । उनले भने “उक्त ऋण रकम उपभोक्ताले एक वर्षभित्र तिर्न नसके नगरपालिकाले तिरिदिनेछ ।”

रु दुई अर्ब २१ करोडको लागतमा निर्माण गरिने सो परियोजनाका लागि नपुग रकम ऋण सापटीमार्फत जम्मा गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिए । सो परियोजनाबाट करीब सात हजार उपभोक्ता लाभान्वित हुनेछन् ।

उनका अनुसार पयिोजनाको बैंक खातामा हालसम्म उपभोक्ताबाट मात्रै करीब रू नौ करोड ५० लाख जम्मा भएको छ । उपभोक्तासँग लिएको ऋण सापटी भने आउँदो तीन महीनाभित्र फिर्ता गरिने योजना बनाइएको छ ।