१ पुष २०८२, मंगलवार
,
Latest
आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जाइरा’ लाई भुवन केसीको पोजिटिभ कमेन्ट



अ+ अ-

शुक्रबारबाट रिलिजमा आएको चलचित्र ‘जाइरा’ ले दर्शकको मन जित्न त्यति सफल नभएको कारण यसको व्यपार पनि निकै नै कम मात्रामा भएको छ । ‘सेलिब्रिटी शो’ नाम दिएर आयोजना गरिएको चलचित्रको प्रदर्शनमा पुगेका कलाकारहरुले नायिका नम्रता श्रेष्ठको अभिनयको प्रशंसा भने गरेका थिए ।

नायक भूवन केसीले नम्रताले फरक भूमिका गरेको भन्दै प्रशंसा गरेका थिए । उनले, खलपात्रको भूमिकामा देखिएकी श्रृजना रेग्मीको भूमिका पनि उत्कृष्ट लागेको पनि सुनाए । कलाकार सुनिल थापा, नायिका केकी अधिकारी, रीमा विश्वकर्मा लगायतले पनि नम्रताको कामको प्रशंसा गरेका थिए ।

नायिका अधिकारीले भनिन्–‘मेरो दिमागमा अझै पनि क्लाइमेक्सको दृश्य बसिरहेको छ । श्रृजना, प्रमोद, अनुपको काम उम्दा छ ।’ प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको यस चलचित्रलाई बाबु श्रेष्ठले खिचेका हुन् । यो चलचित्र निर्देशन आशुतोष राज श्रेष्ठले गरेका हुन् ।