२९ भाद्र २०८३, सोमबार
,
Latest
जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनको तालिका स्थगित नगरी संस्थापन पक्षले गरेको पछिल्लो निर्णयप्रति सहमत हुन नसकिने जनाएको छ ।

देउवा समूहका शीर्ष नेताहरूबीच आज बिहान भएको छलफलपछि नेता एनपी साउदले संस्थापन पक्षको निर्णयमा आफूहरू सहमत हुन नसक्ने बताउनुभएको हो ।

संस्थापन पक्षले आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सबै सदस्यलाई वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका रूपमा महाधिवेशनमा सहभागी गराउन विधानबमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको थियो ।

महामन्त्री प्रदीप पौडेलले भने महाधिवेशनमा कोही पनि नछुटून् भन्ने उद्देश्यले असहमति र चासोलाई संवाद तथा सहमतिबाट सम्बोधन गर्न निरन्तर पहलकदमी लिने उद्देश्यले उक्त निर्णय गरिएको बताउनुभएको छ ।

यसअघि देउवा पक्षले गत साउन २९ गतेदेखि तीन दिने राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो । सम्मेलनपछि संस्थापनइतर पक्षले कांग्रेसको छुट्टै १५औँ महाधिवेशन आगामी मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो ।

यता संस्थापन पक्षले यसअघि नै पार्टीको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरिसकेको छ । दुवै पक्षले छुट्टाछुट्टै मितिमा महाधिवेशन गर्ने निर्णय गरे पनि पार्टीभित्र सहमति र एकताको प्रयास भने जारी रहेको देखिएको छ।