२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह

पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुनःस्थापनाका लागि सरकारले आफूसँग उपलब्ध स्रोतसाधनसँगै दातृ निकायबाट प्राप्त सहयोगसमेत परिचालन गर्ने तयारी गरिरहेको बताउनुभयो ।

उहाँले जनप्रतिनिधिहरूसँगको छलफलले प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझ्न र स्थानीय तहको मनोबल उच्च राख्न सहयोग पुगेको बताउनुभयो ।

विपद्का समयमा संघ, प्रदेश र स्थानीय तहबीच तत्काल समन्वय भएर काम भएकोप्रति खुसी व्यक्त गर्दै उहाँले विगतमा तीन तहका सरकारबीच समन्वय नहुने गुनासो सुनिए पनि यसपटक सबै तह एकै ठाउँमा उभिएर काम गरेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा सडक सञ्जाललाई जतिसक्दो चाँडो सञ्चालनमा ल्याउने गरी सरकारले निरन्तर काम गरिरहेको जानकारी दिनुभयो । सडक सञ्जाल पुनःस्थापना भएपछि प्रभावित नागरिकलाई आफ्नो पूर्ववत् जीवनतर्फ फर्कन सहज हुने उहाँको विश्वास थियो ।

बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका बस्ती उच्च जोखिममा परेको विषय सरकारले सुरुआतदेखि नै उठाउँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले प्रभावित तटीय क्षेत्रमा अब पुनः बस्ती बसाउन सम्भव नहुने बताउनुभयो । उहाँका अनुसार प्रभावित क्षेत्रबाट नजिकै तर सुरक्षित स्थान पहिचान गरी नयाँ बस्ती विकास गर्ने तयारी सरकारले अघि बढाएको छ ।

नयाँ बस्ती निर्माण गर्दा प्रभावित नागरिकको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलगायतका पक्षलाई ध्यान दिनुपर्नेमा जोड दिँदै उहाँले खेतीयोग्य जमिन संरक्षण गर्दै वैज्ञानिक ढंगले बस्ती व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

यसका लागि उपयुक्त जग्गा स्थानीयस्तरमै पहिचान गरी संघीय सरकारलाई सिफारिस गर्न प्रधानमन्त्री शाहले जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो । उहाँले पुनःस्थापना गर्दा प्रभावित नागरिकले विगतमा पाउँदै आएको सेवा, सुविधा र जीवनयापनका आधारहरू सुरक्षित हुने गरी योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री शाहले आज भएको छलफलबाट प्रभावित क्षेत्रको वस्तुस्थिति, स्थानीय आवश्यकता र पुनःस्थापनाका चुनौतीबारे सरकारलाई थप स्पष्ट जानकारी प्राप्त भएको बताउनुभयो।