२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी

ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी
अ अ+ अ-

काठमाडौं । अमेरिकी सञ्चारमाध्यमका अनुसार, राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सोमबार कोइला र ग्यासबाट सञ्चालन हुने विद्युत् केन्द्रमा लागू जलवायु प्रदूषणसम्बन्धी सीमाहरू हटाउने घोषणा गर्ने तयारी गरेको छ । यस परिवर्तनले पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनले सन् २०२४ मा ल्याएका नियमलाई उल्ट्याउनेछ ।

ती नियमले कोइला र ग्यासबाट सञ्चालन हुने विद्युत् केन्द्रलाई आफ्नो लगभग सम्पूर्ण कार्बन उत्सर्जन घटाउन वा हटाउन बाध्य बनाएको थियो । ब्लुमबर्ग न्युज र न्युयोर्क टाइम्सले यस विषयमा जानकारी राख्ने व्यक्तिलाई उद्धृत गर्दै आइतबार जनाएअनुसार, वातावरण संरक्षण एजेन्सी (इपिए) का प्रशासक ली जेल्डिनले ह्युस्टनमा हुने जी–२० ऊर्जामन्त्रीहरूको बैठकमा उक्त परिवर्तनको घोषणा गर्ने अपेक्षा गरिएको छ ।

न्युयोर्क टाइम्सका अनुसार, प्रस्तावित नयाँ नियमअन्तर्गत विद्युत् केन्द्रहरू मर्करी, आर्सनिकलगायत अन्य प्रदूषकमाथि लागू केही सीमाको दायरा भने कायम रहनेछ । कोइला सबैभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने जीवाश्म इन्धनमध्ये एक हो र यसले जलवायु परिवर्तनमा महत्वपूर्ण योगदान पु¥याउँछ ।

ट्रम्पले मानिसका कारण हुने जलवायु परिवर्तनलाई पटक–पटक धोखा भन्दै आउनुभएको छ । गत वर्ष पुनः राष्ट्रपतिको पद सम्हालेयता उहाँले धेरै वातावरणीय नियम उल्ट्याउने प्रयास गर्नुभयो, जसमध्ये धेरैले जीवाश्म इन्धनको प्रयोग र उत्सर्जन सीमित गर्ने व्यवस्था गरेका थिए ।

यसै वर्ष इपिएले सन् २००९ को आफ्नो ‘एन्डेन्जरमेन्ट फाइन्डिङ’समेत खारेज गरेको थियो । उक्त वैज्ञानिक निष्कर्षले हरितगृह ग्यास उत्सर्जनले जनस्वास्थ्य र जनकल्याणलाई खतरामा पार्ने ठहर गरेको थियो ।