२३ असार २०८३, मंगलवार
,
Latest
युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछः मन्त्री कुमारी बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद् सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्षको भेट, नेपालको विकासमा दीर्घकालीन साझेदारीको पुनःप्रतिबद्धता चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त सदाचार प्रवर्द्धन गर्न राष्ट्रिय नीति लागू, सार्वजनिक पदाधिकारीलाई कडा आचारसंहिता (पूर्णपाठ)
तपाईं के खोज्दै हुनुहुन्छ ?

यदि केटीले तपाईलाई मन पराएको कसरी थाहा पाउने ? यस्ता देखाउछन् संकेत



अ+ अ-

काठमाडौं । महिलाहरुमा पुरुषहरुलाई माया जालमा फसाउने हरेक किसिमका कलाहरु हुन्छन् । जसमा कोही केटाहरु फसेर निस्कन सकेका छैनन् । भने केही केटाहरु धेरै माथिल्लो तहसम्म पुग्छन् । त्यसैले त भनिन्छ ,एउटा सुन्दर र खराब घर हुनुमा महिलाहरुको मुख्य भूमिका हुन्छ ।तर आजभोलि मोर्डन केटाकेटी सामाजिक सञ्जालको दुरुपयोगको कारण यसको शिकार पनि बनिराखेका छन् ।

जसकारण फेसबुकबाट माया जालमा परी विवाह गर्ने गरेका छन् । भने कतिपय कलेज र विभिन्न ठाउमा भएको भेटघाटले गर्दा निकटतम भइरहेका हुन्छन् । त्यसैले केटीहरुको तुलनामा केटाहरु यी कुराहरुमा आट गर्ने हुन्छन् भने केटीहरु लजालु स्वभावका हुन्छन् । र जति धेरै मन पराए पनि केही भन्न सक्दैन् । भने केटाहरु जिस्काउने र सिधै आइ लभ यू भन्ने गर्दछन् ।

तर केटाहरुलाई यदि केटीहरुले मन पराए भने के कुराले थाहा पाउने त ? त्यसैले केटीहरुले यस्तो सकेंत देखाउछन्, हेरौ

  • पहिलो सकेंत भनेको तपाईलाई देखेको या भेटेको कुनै अवस्थामा मुस्काराउनु नै मन पराउनु हो । त्यसैले यसलाई केटीहरुको पहिलो हतियार मानिन्छ ।
  • त्यसैगरी दोस्रोमा यदि केटीहरुले आफूले मन परेको आकर्षक केटा देखेमा सिधै नहेरी कर्के नजरले हेर्नु पनि मन पराउनु हो । जुन क्रियाकलाप तपाईको आखा छलेर बारम्बार हुन्छ ।
  • तेस्रो हो , यदि तपाई कतै बाटोमा साथीहरुसग हिडिरहेको बेलामा आफ्नो साथीको पछि बसेर या कहि केही वस्तुहरुको पछाडिबाट लुकी लुकी हेर्नु अर्को सकेंत हो ।
  • त्यस्तै तपाई प्रत्येक दिनको गतिविधिहरु के गर्नुहुन्छ , कहा जानुहुन्छ यी कुराहरुको कुनै साथीको माध्यमबाट वा आफैले याद राख्नु भनेको पनि मन पराउने सकेंत हो । त्यसैले उनीहरुले तपाईको साना साना गतिविधीमा पनि चासो राख्छन् ।
  • अर्को कुरा भनेका तपाईसगँ खुलेर बोल्न नसक्नु र बोले पनि अनुहार रातो रातो बनाएर बोल्नु पनि मन पराउने सकेंत हो । जसमा केटीले तपाईसग आखा जुधाएर पनि हेर्न सक्दैनन् ।