१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढी उद्धारमा सरकार चुकेको कांग्रेस प्रमुख सचेतक थापाको आरोप भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा सहयोग बढ्दो राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड ३१ लाखभन्दा बढी सहयोग



अ+ अ-

काठमाडौं:  विपद् प्रभावित समुदायको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान र यसको अन्तर्राष्ट्रिय साझेदार संस्था द फ्रेड हलोज फाउण्डेसन, अष्ट्रेलियाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड ३१ लाख ३२ हजार ५५२ सहयोग गरेका छन्।

नेपाल सरकार, अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानले रु. १ करोड १ लाख १ तथा प्रतिष्ठानका सम्पूर्ण कर्मचारीको एक दिन बराबरको पारिश्रमिकबाट रु. ८ लाख ५१ हजार ३५१ कोषमा जम्मा गरेको हो।

त्यसैगरी, प्रतिष्ठानको अन्तर्राष्ट्रिय साझेदार संस्था द फ्रेड हलोज फाउण्डेसन, अष्ट्रेलियाले रु. २१ लाख ८१ हजार २०० प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ।

सहयोग रकमको चेक तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारी, प्रमुख वित्तीय अधिकृत रामचन्द्र खनाल तथा द फ्रेड हलोज फाउण्डेसनका नेपाल प्रतिनिधि एन्जिला दाहालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका थिए।

विपद्को कठिन अवस्थामा प्रभावित समुदायको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानले विपद्को यस कठिन घडीमा सबै नेपालीलाई एकअर्काको दुःख–सुखमा साथ दिँदै एकजुट हुन र प्रभावित समुदायको पुनःस्थापनाका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आग्रहसमेत गरेको छ।




भर्खरै