३ पुष २०८२, बिहीबार
,
Latest
मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुथी विद्रोहीद्वारा यमनमा नयाँ क्षेत्र कब्जा गर्ने प्रयास



अ+ अ-

आदेन । यमनका हुथी विद्रोहीहरुले यहाँको एक नयाँ क्षेत्र कब्जा गर्ने प्रयास गरेका छन् । उनीहरुले सरकारी सुरक्षा निकायबाट सो क्षेत्र कब्जा गर्ने प्रयास थालेका बताइएको हो । यमनका विद्रोहीहरुले यमनको उत्तरपूर्वी क्षेत्रमा रहेको सो अल जबाफ नामको शहर कब्जा गर्ने प्रयास गरेका हुन् । उनीहरुले सो क्षेत्र कब्जा गर्नका लागि शनिबार रातिदेखि नै निकै प्रयास थालेका थिए ।

उनीहरुले निकै नै शक्तिशाली हतियारबाट सो शहरमा आक्रमण गरेका बताइएको छ । अल जबाफ प्रान्तामा रहेको अल जबाफ शहर उनीहरुले कब्जा गर्न थालेका हुन् । उनीहरुले सो क्षेत्र निकै रणनीतिक रुपमा महत्वको रहेकाले आक्रमण थालेका र आफ्नो बनाउन खोजेका बताइएको छ । सो शहर साउदी अरेबियाको सीमा क्षेत्रमा पर्दछ । यहाँ हुथीहरुले अधिकांश क्षेत्रहरु कब्जामा लिइसकेका सैनिक स्रोतले जनाएको छ ।

सैनिक स्रोतकाअनुसार सो क्षेत्रका अधिकांश क्षेत्र कब्जामा लिइएको र त्यहाँबाट सुरक्षाकर्मीहरु पनि भागेर अन्यत्रै पुगेका पनि बताइएको छ । आफ्नो नाम बताउन नचाहने एकजना सैनिक अधिकारीले भने सो शहरका अधिकांश भागमा हुथीहरुले कब्जा जमाइसकेका छन् । अहिले यहाँको सेनाले साउदी अरेबयाको सहयोग रहेको छ । यहाँको सेना साउदी अरेबियाको सेनाले नेतृत्व गरेर विभिन्न हवाई कारबाही गर्ने गरेको छ ।

यसरी हुथीहरुका विरुद्धमा गर्ने गरिएको कारबाहीमा परेर कैयौँ हुथीहरुको ज्यान जाने गरेको छ । तर यो पछिल्लो आक्रमण भने हुथी विद्रोहीहरुले साउदी अरेबियाको सीमा क्षेत्रमा नै पुगेर गरेका बताइएको छ । (रासस-सिन्ह्वा)