४ भाद्र २०८३, बिहीबार
,
Latest
भारत र जापानबिच रक्षा सम्बन्ध थप सुदृढ बनाउने सहमति जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ नाडाको ५० वर्षे यात्रा: ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९… दिगो वन व्यवस्थापन र डढेलो नियन्त्रणमा प्रविधिको प्रयोग बढाउने विषयमा छलफल दाङमा चार दिनमा ३७ भरुवा बन्दुक बरामद जापानिज इन्सेफ्लाइटिसः सप्तरी र कैलालीमा चार जनाको मृत्यु अख्तियारलाई राजनीतिक दलका नेता र प्रधानमन्त्रीले आफूअनुकूल चलाउन खोजेः सांसद सिंह नीतिगत भ्रष्टाचार र अख्तियारको निष्क्रियताप्रति नेता शाहीको आक्रोशः संविधान र ऐन संशोधनको प्रश्ताव अध्यक्ष राईको प्रश्नः कार्यकारी प्रमुखबाटै अधिकारको दुरुपयोग भए कारबाही गर्ने निकाय कुन हो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा विवादकै बीच किरण थापा मगरले लिए मुख्यमन्त्रीको शपथ



अ+ अ-

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकारको नेतृत्व गर्ने गरी नियुक्त भएका थापालाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थापाले ६३ सांसदको समर्थनसहित सरकार गठनका लागि दाबी पेस गरेका थिए। उनको पक्षमा एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसदको समर्थन रहेको बताइएको छ।

तर, थापालाई समर्थन गर्ने विषयमा राप्रपाभित्रै विवाद देखिएको छ। राप्रपाका १२ सांसदले समर्थन गरेको दाबीका विषयमा पार्टीभित्र विवाद भइरहेका बेला थापा मुख्यमन्त्री नियुक्त भएका हुन्।

राप्रपाभित्रको विवादका बाबजुद प्रदेश प्रमुख देवकोटाले थापालाई मुख्यमन्त्री नियुक्त गरेपछि उनले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका हुन्।