२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु



अ+ अ-

टोकियो। जापानमा रेलको ठक्करबाटा रेल स्टेसनका चार जना कर्मचारीको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार टोकियोको उत्तरमा रहेको कानुमा शहरको शिन–कानुमा स्टेशनमा रेलको लिक वरपरका झारपात हटाइरहेको समयमा कर्मचारीलाई एक्सप्रेस रेलले ठक्कर दिएको जनाइएको छ ।

रेलले ठक्कर दिएका चारै जनाको मृत्यु भएको पुष्टि भएको अग्नि नियन्त्रक विभागका अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

अधिकारीका अनुसार, आपतकालीन सेवा टोली घटनास्थलमा पुग्दा तीन जना कर्मचारी रेलमुनि च्यापिएको अवस्थामा थिए भने एक जना लिगमा थिए ।

जिजी प्रेसका अनुसार ती कर्मचारीहरू सबै पुरुष थिए भने उनीहरू ५० – ६० वर्ष को उमेर समूहका थिए । रेलमा सवार करिब ५० यात्रुमध्ये कसैलाई पनि चोटपटक नलागेको जनाइएको छ ।

सञ्चारमाध्यमका अनुसार छ वटा डिब्बा भएको उक्त रेल ’टोबु निक्को लाइन’ मा चल्ने ’स्पेसिया एक्स’ एक्सप्रेस रेल थियो, जसले टोकियोलाई तोचिगी क्षेत्रको लोकप्रिय पर्यटकीय गन्तव्य निक्कोसँग जोड्छ ।

रेल सञ्चालकलाई उद्धृत गर्दै समाचार प्रसारक संस्था एनएचकेले जनाएअनुसार टोकियोतर्फ गइरहेको उक्त रेल शिन–कानुमा स्टेशनमा रोकिनै लाग्दा दुर्घटनामा परेको थियो ।

रेलमा सवार यात्रुहरुले ठूलो गडगडाहटको आवाज सुनेको र त्यसपछि रेल एक्कासी रोकिएको र उभिनै असम्भव जस्तो अनुभव गरेका जनाएका छन् । आवाज कहाँबाट आयो भनेर पत्ता नलग्दै रेल रोकिँदै छ भन्ने घोषणा भए पछि केही समयसम्म बाहिर निस्कन नपाएको यात्रुहरुले बताएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार ती कर्मचारीहरू रेलको लिक वरपरका झारपात हटाउने सात सदस्यीय टोलीका सदस्यहरु थिए ।

उच्च स्तरको मर्मतसम्भार, तालिम र अत्याधुनिक प्रविधिको प्रयोगका कारण जापानी रेल सेवा सुरक्षित सेवा मानिन्छ भने खराबीका कारण हुने घातक दुर्घटनाहरू अत्यन्तै कम हुन्छन् ।

यस शताब्दीमा जापानमा भएको सबैभन्दा घातक दुर्घटना सन् २००५ मा भएको थियो, जतिबेला व्यस्त समयमा यात्रुबाहक रेल लिकबाट बाहिरिएर देशको पश्चिमी भागमा पर्ने अमागासाकीको एउटा अपार्टमेन्ट भवनमा ठोक्किएको थियो ।
उक्त दुर्घटनामा १०७ जनाको मृत्यु भएको थियो भने ५०० भन्दा बढी घाइते भएका थिए । सन् १९६३ मा रेलको लिगबाट खसेको मालवाहक रेल र दुईवटा यात्रुवाहक रेलहरू संलग्न दुर्घटनामा १६१ जनाको मृत्यु भएको थियो ।

सन् १९६४ मा सेवा सुरु भएयता जापानको ’सिन्कान्सेन’ बुलेट रेल सञ्जालमा लिगबाट रेल खस्ने वा आपसमा ठोक्किने घटनाका कारण कुनै पनि यात्रुको मृत्यु भएको छैन । रासस