२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ



अ+ अ-

महेन्द्रनगर। अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको गौरीगङ्गा नगरपालिका-४ बाट रु दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्यलाई पक्राउ गरेको छ ।

विद्यालयमा कार्यरत कर्मचारीको सेवासुविधा वृद्धि गरिएबापत रकम मागेको अवस्थामा अख्तियारको टोलीले रकमसहित गौरीगङ्गा नगरपालिका-४ स्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य देवबहादुर बमलाई नियन्त्रणमा लिएको अख्तियार कार्यालय कञ्चनपुरका प्रवक्ता चेतराज भट्टले जानकारी दिनुभयो ।

“अहिले घटनास्थलको सबै प्रक्रिया पूरा भइरहेको छ”, प्रवक्ता भट्टले भन्नुभयो, “विस्तृृत अनुसन्धान अब सुरु हुन्छ ।” अख्तियारले यहाँ ‘स्ट्रिङ अप्रेसन’ सञ्चालन गर्दै आएको छ । रासस