२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियारलाई राजनीतिक दलका नेता र प्रधानमन्त्रीले आफूअनुकूल चलाउन खोजेः सांसद सिंह



अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंह अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप सुदृढ र राजनीतिक प्रभावबाट मुक्त बनाउनुपर्ने बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले संवैधानिक निकायहरूको निष्पक्षता र कार्यशैलीमाथि प्रश्न उठाउँदै व्यापक सुधारको आवश्यकता रहेको बताउनुभएको हो ।

सांसद सिंहले नेपालमा वडा तहदेखि केन्द्रसम्मै भ्रष्टाचार संस्थागत भएको उल्लेख गर्दै जनसरोकारका सरकारी निकायहरूको आलोचना गर्नुभयो ।

प्रहरीको मुद्दा फाँट, सरकारी वकिल कार्यालय, मालपोत र नापी कार्यालयमा आज पनि सर्वसाधारणले घुस नदिई काम गराउन नसक्ने र कर्मचारीबाट दुःख पाउने गरेको उहाँले बताउनु भयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वतन्त्रतामाथि चर्चा गर्दै सांसद सिंहले प्रमुख आयुक्त र आयुक्तहरूलाई राजनीतिक दलका नेता वा प्रधानमन्त्रीले आफ्नो अनुकूल चलाउन खोजेको आरोप लगाउनु भयो ।

संवैधानिक निकायहरू राजनीतिक प्रभावबाट पूर्णतः मुक्त हुनुपर्नेमा जोड दिँदै उहाँले ठूला भ्रष्टाचारका काण्डहरूमा अख्तियार मौन बस्ने तर साना कर्मचारीलाई मात्र कानुनी दायरामा ल्याउने गरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जबसम्म सरकारी वकिलले मुद्दालाई आर्थिक प्रभावमा परेर बलियो वा कमजोर बनाउने काम गरिरहन्छन्, तबसम्म मुलुकमा सुशासन सम्भव छैन । सम्पती शुद्धीकरण र राजस्व अनुसन्धान जस्ता निकायहरूले प्रभावकारी रूपमा काम गरेको भए अख्तियारको यति धेरै खाँचो पर्ने थिएन ।’

अदालत र अख्तियार जस्ता निकायमा बिचौलियाहरूको प्रभाव बढेको दाबी गर्दै उहाँले कानूनको नजरमा सबै समान हुनुपर्ने बताउनु भयो । सांसद सिंहले संवैधानिक निकायहरूमा सेवानिवृत्त कर्मचारीहरूलाई नियुक्ति गर्ने विद्यमान प्रथा अन्त्य गर्न सुझाव दिनुभयो ।

नियुक्ति प्रक्रियामा सुधार नभएसम्म देशमा सुशासन कायम नहुने जिकिर गर्दै उहाँले संवैधानिक निकायका प्रमुखहरू प्रधानमन्त्रीको निम्तोमा बालुवाटार धाउने परम्परा बन्द हुनुपर्ने बताउनु भयो ।

उहाँकाअनुसार यस्ता निकायका पदाधिकारीले आफ्नो पदको गरिमा र स्वतन्त्रता अक्षुण्ण राख्नुपर्छ । –न्युज एजेन्सी नेपाल