२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियारको स्वायत्तता र सुशासनमा राज्यका तीनै अङ्ग जिम्मेवार हुनुपर्छः मुख्य सचेतक दुलाल



अ+ अ-

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका मुख्य सचेतक युवराज दुलालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वायत्तता र सुशासन कायम गर्ने सवालमा राज्यका प्रमुख अङ्गहरू उत्तिकै जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मुख्य सचेतक दुलालले आयोगको स्वायत्तताप्रति आफ्नो दल पूर्ण प्रतिवद्ध रहेको बताउनुभएको हो ।

उहाँले संवैधानिक निकायहरूलाई सक्षम र स्वतन्त्र बनाउन संसदीय समिति सधैँ सक्रिय रहने बताउनु भयो । उहाँले अख्तियारले प्रश्तुत गरेको तथ्याङ्क र कार्यसम्पादनको प्रवृत्तिमाथि विश्लेषण गर्दै मुद्दाको सफलताको दरमा देखिएको उतारचढावप्रति चासो व्यक्त गर्नुभयो ।

दुलालले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नु अख्तियारको मात्र एकल दायित्व नभएको स्पष्ट पार्नुभयो । उहाँकाअनुसार कार्यपालिका, न्यायपालिका र महालेखा परीक्षकको कार्यालयको आपसी समन्वय र इमानदारिताले मात्र भ्रष्टाचार न्युनिकरण सम्भव छ ।

उहाँले भन्नुभयो, ‘विगतमा मुद्दाको सफलता दर ८५ प्रतिशतसम्म देखिएकोमा पछिल्लो समय केही फैसलाहरूमा ५२ प्रतिशत मात्र सफलता प्राप्त हुनुले अनुसन्धान र न्याय सम्पादनको प्रवृत्तिमा प्रश्न उब्जाएको छ । कार्यपालिका सुशासनप्रति प्रतिबद्ध भएमा भ्रष्टाचारका घटना स्वतः घट्छन् । न्यायपालिका जिम्मेवार भए दोषीले सजाय पाउँछन् र महालेखाले सही परीक्षण गरे प्रमाणहरू स्थापित हुन्छन् । तर वर्तमान अवस्थामा यी तीनै निकायमा कतिपय समस्याहरू विद्यमान छन्, जसले भ्रष्टाचारलाई प्रोत्साहन गरिरहेको देखिन्छ । निकै मेहनतका साथ प्रमाण जुटाएर दायर गरिएका कतिपय गम्भीर प्रकृतिका मुद्दाहरूमा प्राविधिक कारण देखाई अदालतबाट उन्मुक्ति दिने प्रवृत्तिले अनुसन्धानकर्ताहरूमा नैराश्यता पैदा गरेको छ ।’

उहाँले उच्च पदस्थ व्यक्तिहरू पदमा बहाल रहँदा मुद्दा चलाउन नमिल्ने र पदमुक्त भएपछि मात्र कानूनी दायरामा आउने विद्यमान कानूनी व्यवस्थाले पनि भ्रष्टाचार नियन्त्रणमा चुनौती थपेको बताउनु भयो ।

उहाँले अख्तियारको अनुसन्धान प्रक्रिया र अदालतको फैसलाबीचको तादात्म्यताबारे समेत आयोगको ध्यानाकर्षण गराउनु भयो । –न्युज एजेन्सी नेपाल