१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय खुला पुरुष भलिबलमा आर्मीको जित



अ+ अ-

काठमाडौँ । प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप–२०७६ राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा आर्मीले ढोरपाटन ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा पाखा लगाउँदै सेमिफाइनलमा पुगेको हो ।

समूह ‘क’ मा रहेको आर्मीले अपराजित रहँदै शीर्ष स्थानमा रहेर सेमिफाइनलको यात्रा तय गरेको हो । त्यस्तै यस समूहबाट एपिएफ उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । आर्मीले ढोरपाटनलाई पहिलो सेट २५–१४ ले पाखा लगायो भने दोस्रो सेट २५–१९ र तेस्रो तथा अन्तिम सेट २५–२२ को सेटमा पराजित गर्यो ।

समूह ‘क’ मा रहेका ढोरपाटन र जावलाखेल ट्रेनिङ सेन्टर भने प्रतियोगिताबाट बाहिरिएका छन् ।प्रगतिशील युवा नेपालको आयोजनामा जारी उक्त प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु तीन लाख पाउनेछन् ।

त्यस्तै प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले रु एक लाख र चौथो हुनेले रु ५० हजार पाउनेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पल्सर मोटरसाइकल पाउने आयोजकले जनाएको छ ।