२२ भाद्र २०८३, सोमबार
,
Latest
रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमती हत्या गर्ने १५ वर्षपछि पक्राउ



अ+ अ-

गौशाला । श्रीमतीलाई हत्या गरी १५ वर्षदेखि फरार रहेको एक अभियुक्तलाई प्रहरीले महोत्तरीको औरहीबाट पक्राउ गरी आज बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीले औरही नगरपालिका– २ का अभियुक्त विनोद सदा मुसहरलाई सार्वजनिक गरेको हो ।

विसं २०६१ कात्तिक १८ गते औरही नगरपालिका वडा नं २ (साविकका औरही गाविस वडा नं ८) मा आफ्नो ४० वर्षीया श्रीमती बेचनी देवी सदाको हत्या गरेका थिए । प्रहरी निरीक्षक किशोर अचार्यले पmरार रहेका प्रतिवादी मुसहरले घरायसी विवादका कारण आफ्नो श्रीमती बेचनी देवी सदालाई बञ्चरो प्रहार गरी हत्या गरेको बताउँदै उनलाई गएराति घरबाटै पक्राउ गरेको जानकारी दिए ।

विनोदलाई प्रहरीले विशेष सुराकीका आधारमा गएराति घरबाटै पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । पक्राउ परेका मुसहरलाई आवश्यक कानूनी कारवाहीका लागि जलेश्वर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।