१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमती हत्या गर्ने १५ वर्षपछि पक्राउ



अ+ अ-

गौशाला । श्रीमतीलाई हत्या गरी १५ वर्षदेखि फरार रहेको एक अभियुक्तलाई प्रहरीले महोत्तरीको औरहीबाट पक्राउ गरी आज बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीले औरही नगरपालिका– २ का अभियुक्त विनोद सदा मुसहरलाई सार्वजनिक गरेको हो ।

विसं २०६१ कात्तिक १८ गते औरही नगरपालिका वडा नं २ (साविकका औरही गाविस वडा नं ८) मा आफ्नो ४० वर्षीया श्रीमती बेचनी देवी सदाको हत्या गरेका थिए । प्रहरी निरीक्षक किशोर अचार्यले पmरार रहेका प्रतिवादी मुसहरले घरायसी विवादका कारण आफ्नो श्रीमती बेचनी देवी सदालाई बञ्चरो प्रहार गरी हत्या गरेको बताउँदै उनलाई गएराति घरबाटै पक्राउ गरेको जानकारी दिए ।

विनोदलाई प्रहरीले विशेष सुराकीका आधारमा गएराति घरबाटै पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । पक्राउ परेका मुसहरलाई आवश्यक कानूनी कारवाहीका लागि जलेश्वर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।