१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वबाट राष्ट्रिय एकता सुदृढ गर्न सघाउ पुग्छः राष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राजस्ता परम्परा एवम् सांस्कृतिक पर्वले सबै नेपालीबीच विविधतामा एकता, सामाजिक र सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्ने बताउनुभएको छ । इन्द्रजात्राका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले परम्परागत पर्वले आपसी समझदारी र बन्धुत्वको भावना विकसित भई राष्ट्रिय एकता सुदृढ गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सन्देशमा काठमाडौँ उपत्यकालगायत स्थानमा मनाइने धार्मिक–सांस्कृतिक महत्वको कुमारी इन्द्रजात्रा पर्वको शुभअवसरमा स्वदेश तथा विदेशमा रहने नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । ‘‘सांस्कृतिक धरोहरहरुको पारम्परिक निरन्तरता कायम राख्न सबै एक जुट हुन सकौँ ।

प्रकृतिप्रेमी इन्द्रसँग जोडिएको यस पर्वले प्रकृतिको संरक्षण र कृषिप्रधान मुलुकको समृद्धिमा टेवा पुगोस् साथै सबै नेपालीमा शान्ति छाओस् भनी इन्द्रजात्राको शुभकामना व्यक्त गर्दछु’’, उहाँले सन्देशमा भन्नुभएको छ ।