१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ राष्ट्रपति सिद्धारा इराकी राष्ट्रपतिलाई समवेदना सन्देश



अ+ अ-

बेइजिङ । चिनियाँ राष्ट्रपति सि जिनपिङले इराकमा भएको भागदौडमा नागरिक हताहतको घटनाप्रति दुःख व्यक्त गर्दै इराकी राष्ट्रपति बरहाम साहिललाई समवेदना सन्देश पठाएका छन् ।मध्यपूर्वी देश इराकमा गत हप्ता भएको हिंसात्मक घटनामा परी कैयौँ नागरिकको ज्यान गएको थियो । त्यस घटनाप्रति राष्ट्रपति चिनफिङले दुःख व्यक्त गरेका हुन्।

इराकको कारबाला नगरमा केही समयअघि भएको यो घटनाबाट कैयौँ नागरिकको ज्यान गएको घटनाले आफूलाई निकै दुःखी तुल्याएको उनले दिएको सन्देशमा उल्लेख भएको समाचारमा जनाइएको छ । उनले इराकी राष्ट्रपतिमार्फत इराकी नागरिकमा समवेदना व्यक्त गर्दै उक्त दुर्घटनामा परी ज्यान गुमाउने नागरिकका आफन्तहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

राष्ट्रपति जिनपिङले उक्त हिंसात्मक घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको पनि सो समाचारमा जनाइएको छ । त्यसैगरी चिनियाँ प्रधानमन्त्री लि खछ्याङले पनि इराकी प्रधानमन्त्री अदेल अब्दुल महादीमार्फत इराकी नागरिकलाई समवेदना सन्देश पठाएका छन् ।