१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग News Polar टिपरको ठक्करबाट बालिकाको मृत्यु News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा

दानव आफन्तहरुबाटै बलात्कृत हुन्छन् बालिका

दानव आफन्तहरुबाटै बलात्कृत हुन्छन् बालिका
अ अ+ अ-

– सुशील दर्नाल
काठमाडौँ । पछिल्लो समय बालबालिकासम्बन्धी घटना बढ्दै गएका छन् । आर्थिक वर्ष २०७५/६७ मा राष्ट्रिय बाल अधिकार परिषद्मा विभिन्न जिल्लाबाट आएका जानकारी र विभिन्न सञ्चारमाध्यममा प्रकाशित सामग्रीका आधारमा परिषद्ले गरेको एक अध्ययनमा सो अवधिमा ६५४ बालअधिकार हननसम्बन्धी घटना भएका छन् ।

उक्त घटनामा एक हजार ८० बालबालिका प्रभावित भएका छन् । सबैभन्दा बढी गत आवको अन्तिम चौमासिकमा २८८ घटनाबाट ४८५ बालबालिका पीडित तथा प्रभावित भएका छन् । पहिलो चौमासिकमा २०४ बालअधिकार हननका घटना भएका छन् भने ३१५ बालबालिका प्रभावित भएका छन् । दोस्रो चौमासिकमा १६२ बालअधिकार हननका घटना भएका छन् । जसबाट २८० बालवालिका पीडित भएका छन् ।

सांकेतिक तस्वीर

त्यसैगरी तेस्रो चौमासिकमा २८८ घटना भएका छन् र ४८५ बालबालिका प्रभावित भएका छन् । प्रभावित एक हजार ८० पीडित बालबालिकामध्ये ४४१ बालक र ६१८ बालिका तथा २१ शिशु रहेका छन् । आव २०७५/७६ मा तुलनात्मक रुपमा सबैभन्दा धेरै बाल यौन दुव्र्यवहार तथा बलात्कारका घटना भएका छन् । जसमा २५२ बालबालिका पीडित भएका छन् ।

मृत्यु २४१, बालविवाह १९६, बालश्रम ११२, बेचविखन तथा ओसारपसार ९६, हत्या ६५, कुपोषण ३८, शारीरिक सजाय ३७, आत्महत्या २७, अपहरण १२ र गर्भपतनका चार घटना भएका छन् । एक वर्षमा विभिन्न सञ्चारमाध्यममा २५२ बाललालिका यौन दुव्र्यवहार र बलात्कारमा परेका घटना प्रकाशमा आएका छन् ।

आर्थिक वर्षका तीन चौमासिकलाई तुलना गर्दा सबैभन्दा बढी पहिलो चौमासिकमा ९८ बालबालिका बाल यौन दुव्र्यवहारमा तथा बलात्कारका घटनामा परेका छन् । दोस्रो चौमासिकमा ८२ र तेस्रो चौमासिकमा ७२ बालबालिका बाल यौन दुव्र्यवहार तथा बलात्कारका घटनाबाट पीडित भएका देखिएको छ ।

परिषद्का प्रवक्ता रामबहादुर चन्दले घटनालाई तुलना गर्दा बालकमाथि भएका बाल यौन दुव्र्यवहारका घटनाभन्दा बालिकामाथि भएका बलात्कारका घटनाको सङ्ख्या बढी रहेको जानकारी दिनुभयो । भौगोलिक विकटता र सामाजिक परिवेशका कारण अझै पनि कतिपय घटना प्रकाशनमा आउन सकेका छैनन् ।

उक्त प्रतिवेदनलाई हेर्ने हो भने सबैभन्दा बढी आफ्नै बाबु तथा हाडनाता, चिनजानका व्यक्ति, घर मालिक, शिक्षक तथा प्रधानाध्यापक, सेना, प्रहरी तथा कर्मचारीबाट बलात्कृत भएका छन् । आव २०७४/७५ मा २४३ बाल यौन दुव्र्यवहार र बलात्कारका घटना प्रकाशमा आएका थिए भने गत आवमा सो सङ्ख्या २३४ रहेको छ ।

बालबालिकासम्बन्धी कुनै पनि घटना सञ्चारमाध्यमलगायत अन्य आधारमा जानकारीमा आएका अवस्थामा परिषद्ले तत्काल सम्बोधन गर्ने प्रयत्न गर्नुका साथै त्यस्ता बालबालिकाको संरक्षणका लागि सहयोग, सहजीकरण गर्दै आएको छ ।

अध्ययनका क्रममा परिषद्ले समावेश गरेका घटना विभिन्न पत्रपत्रिकामा प्रकाशनमा आएका घटना मात्रै भएकाले ती नै सम्पूर्ण नभए पनि अध्ययनले केही हदसम्म नेपालमा बाल संरक्षणसम्बन्धी घटनाको स्वरुप आँकलन गर्न सम्बन्धित निकायलाई सहयोग पुग्ने प्रवक्ता चन्दले विश्वास व्यक्त गरे ।