१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग News Polar टिपरको ठक्करबाट बालिकाको मृत्यु News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा

सभापति देउवाविरुद्ध जथाभाबी नबोल्न नेविसंघ अभियानकर्ताहरुको नेविसंघकै नेताहरुलाई चेतावनी

सभापति देउवाविरुद्ध जथाभाबी नबोल्न नेविसंघ अभियानकर्ताहरुको नेविसंघकै नेताहरुलाई चेतावनी
अ अ+ अ-


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका संगठन सुदृढीकरण अभियानकर्ताहरुले पार्टी सभापति शेरबहादुर देउवालगायत नेतृत्वको विरुद्धमा जथाभावी टिप्पणी नगर्न नेविसंघका विद्यार्थीहरुलाई आग्रह गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै नेविसंघ सुदृढीकरण अभियानकर्ताहरुले यस्तो आग्रह गरेका हुन् ।

नेविसंघका नेता तथा परराष्ट्र मामिलाका जानकार डम्बर सुनारले पार्टी नेतृत्वको विरुद्धमा अनावश्यक जथाभावी टिप्पणी गर्न नहुने धारणा राखे । उनले भने,‘पार्टी नेतृत्वहरुको त्याग, बलिदान र समर्पणका कारण आज देशमा प्रजातन्त्र जिउँदो छ, हामीले हाम्रा अभिभावकहरुको सम्मान गर्नुपर्छ । यदि पार्टी नेतृत्वले केही कमिकमजोरी गरेको नै भएपनि पार्टीभित्र सही सुझाव दिन सकिन्छ, तर मिडियामा हल्ला गरेर र ठूलो स्वरमा बोलेर होईन । यसले राम्रो सन्देश जाँदैन्।’ सुनारले युवाहरुको भावनालाई समेट्ने पार्टी नेतृत्व सक्षम रहेको विश्वास दिलाए ।

उनले पार्टी नेतृत्वलाई गाली गरेर कसैलाई पनि फाईदा नहुने जिकिर गरे । उनले थपे,‘सभापतिलगायत अहिलेको हाम्रो पार्टी नेतृत्व पँक्ती विद्यार्थी आन्दोलनबाटै आउनुभएको हो, उहाँहरुले त्यही धरातलबाट आएर मुलुकको बागडोर सम्हालिसक्नुभएको छ । त्यसैले उहाँहरुले नेविसंघका मर्म र भावनालाई राम्रोसँग बुझ्नुभएको छ । उहाँहरुभन्दा अरुले हाम्रो भावनालाई बुझ्न सक्नुहुन्न । त्यसैले उहाँहरुको बारेमा जथाभावी टिप्पणी गर्नु हुँदैन् ।’ पार्टी सभापतिविरुद्ध जथाभावी बोल्ने झुण्डलाई कारबाही गर्नुपर्ने माग गरे ।

सुनारले वर्तमान सरकार दुई तिहाईको दम्भ देखाउँदै अराजकतातर्फ उन्मुख रहेको आरोप लगाए । सरकारले आफ्नो व्यवहार र शैली तत्काल परिवर्तन नगरे आफूहरु सरकारविरुद्ध कडा संघर्षमा उत्रिने पनि उनको चेतावनी थियो । उनले बाँके कांग्रेस सभापति किरण कोइरालामाथि सत्तारुढ दल नेकपाका कार्यकर्ताले गरेको आक्रमणको समेत कडा निन्दा गरे ।

त्यस्तै, नेविसंघकी निवर्तमान केन्द्रिय सदस्य सम्झना खत्रीले नेविसंघभित्र गुट हुनुहुँदैन भनेर ठूलो स्वरमा बोल्नेहरुले नै अहिलेपनि गुटको राजनीति गरिरहेको आरोप लगाईन् । उनले भनिन्,‘नेविसंघमा जो गुट हुनुहुँदैन् भनेर बोलिरहेको छन्, आज उनीहरुले नै व्यवहारमा गुटको राजनीति गरिरहेका छन् ।’

उनले नेविसंघ युवाहरुको काँधमै सुम्पिनुपर्ने बताईन् । उनकाअनुसार नेविसंघमा उमेर हद ३२ वर्ष कायम गरिनुपर्छ । उनले भनिन्,‘३२ वर्षे उमेर हद कायम गरेर योग्य र सक्षम नेतृत्व ल्याउनुपर्छ ।’ त्यस्तै उनले भागबण्डाबाट मात्रै सबै कुरा प्राप्त गर्न खोज्ने झुण्डहरुले नै सभापति देउवालगायतका नेतृत्वविरुद्ध नकारात्मक कुरा बोल्ने गरेको गुनासो पोखिन् ।

उनले भनिन्,‘निर्वाचित पार्टी सभापतिविरुद्ध जभाभावी बोल्नेलाई पार्टीले अनुशासनको कारबाही गर्नुपर्छ । भागबण्डाको नाममा समानान्तर कमिटी चलाउने प्रवृत्ति गलत हो ।’ नेविसंघका अर्का नेता लोकेश आचार्यले पार्टी सभापतिविरुद्ध बोल्ने नेविसंघका नेताहरुलाई झुण्ड र अराजक समूहको संज्ञा दिएका छन् । उनले सभापतिविरुद्ध जथाभावी बोल्नेविरुद्ध आफूहरु जाईलाग्ने चेतावनी दिए । उनले भने,‘हामी ती झुण्ड समूहलाई ईटको जवाफ पत्थरले दिन्छौं । हलो अड्काउने गोरु चुट्ने काम नगरौं ।’

डबल फायर खोलेर पार्टी सभापतिलाई तर्साउँछु भनेर दिवास्वप्न नदेख्नपनि उनले चेतावनी दिए । ‘झुण्ड समूहले डबल फायर खोले हामी पनि तिनीहरुका विरुद्ध जाईलाग्न तयार छौं ।’–उनले थपे । नेविसंघका अर्का नेता आदर्श मल्लले नेविसंघका सबै नेता तथा कार्यकर्ताहरुलाई अनुशासनको दायराभित्र रहन आग्रह गरे । उनले सभापतिविरुद्ध जथाभावी बोल्ने समूहलाई कुहिएको आलुको संज्ञा दिए ।

उनले भने,‘कुहिएको आलुलाई फाल्नेभन्दापनि किटनाषक औषधी हालेर नष्ट गर्नुपर्छ । हामी त्यसो गर्नपनि तयार छौं ।’ आजको पत्रकार सम्मेलनको सञ्चालन नेविसंघका निवर्तमान केन्द्रिय सदस्य चन्द्र बिश्वकर्माले गरेका थिए । उनले पनि पार्टी नेतृत्वविरुद्ध जथाभावी टिप्पणी गर्न नहुने धारणा राखे ।