२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस जिल्ला सभापतिमाथि आक्रमण गर्ने नेकपाका कार्यकर्तालाई कारबाही गर्न अध्यक्ष थापाको माग



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस बाँकेका जिल्ला सभापतिमाथि भएको साँघातिक हमलाको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले भत्सर्ना गरेका छन् ।

अध्यक्ष थापाले शुक्रबार ट्वीट गर्दै बाँके कांग्रेसका सभापति किरण कोइरालामाथि भएको आक्रमणको निन्दा गर्दै दोषीलाई तत्काल कारवाही गर्न सरकारसँग माग गरेका हुन् ।

जागरण अभियानको दोस्रो चरणको क्रममा बिहीबार बाँकेको खुजरा–२ स्थित सीतापुरमा आयोजित कार्यक्रममा सत्तारुढ नेकपाका कार्यकर्ताले आक्रमण गर्दा कोइरालाको हात भाँचिएको थियो । र साथै विद्याप्रसाद खनाल लगायत केही कार्यकर्ताहरु पनि घाइते भएका थिए ।