१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग News Polar टिपरको ठक्करबाट बालिकाको मृत्यु News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा

गुटले पार्टीलाई खोक्रो बनायो, यसलाई अन्त्य गरौं: अध्यक्ष प्रचण्ड

गुटले पार्टीलाई खोक्रो बनायो, यसलाई अन्त्य गरौं: अध्यक्ष प्रचण्ड
अ अ+ अ-

इलाम – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीभित्रको गुट–उपगुट अन्त्य गर्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्। गुटले पार्टीलाई खोक्रो बनाउने भन्दै उनले त्यसको अन्त्य गर्नु अहिलेको प्रमुख चुनौती भएको पनि बताए।

‘अब कसैले शंका–उपशंकाले कसैलाई हेर्ने होइन, गुट–उपगुट अन्त्य गरी पार्टी एकतालाई बलियो बनाउनुपर्छ,’ सदरमुकाममा आयोजित जिल्लास्तरीय पार्टी कार्यकर्ता प्रशिक्षणमा शुक्रबार उनले भने, ‘पार्टीमा पनि अहिले एकता सुदृढ गर्नेबारे गम्भीर समिक्षा चलिरहेको छ, पार्टीमा गुटबन्दी सबैभन्दा घातक हुन्छ।’ उनले गुट–अनुशासन छाडेर पार्टी अनुशासन स्थापित गर्नु आवश्यक भएको भन्दै गुटले पार्टीलाई भित्रभित्रै कमजोर बनाउने र सामूहिक तागत गिराउने बताए।

आफ्नै पार्टीका शीर्ष नेताबीच सार्वजनिक रूपमा भइरहेका घोचपेचलाई चाहिँ उनले ‘संग्लिने प्रक्रिया’को संज्ञा दिए। ‘कहिलेकाहीं हामीबीच भइरहेको घोचपेच आफू–आफूबीच धोइपखाली गरिएको हो,’ पार्टी वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङलाई ‘साक्षी’ राख्दै उनले भने, ‘आफूलाई सफा गर्दा भित्रको मैला त बाहिर आउँछ नै। तर, आउँदा केही बिग्रिहाल्दैन। त्यो पार्टी बन्ने प्रक्रिया हो।’ नेकपा (एमाले) र नेकपा (माओवादी)बीचको पार्टी एकता क्षणिक वा तत्कालिक नभई लामो समयदेखिको प्रयासपछि भएकाले एकतालाई हल्काफुल्का नलिन उनले पार्टी कार्यकर्तालाई सचेत गराए।

‘मैले नेकपा मालेका तत्कालिन महासचिव मदन भण्डारीसँग पनि पार्टी एकताको विषयमा छलफल गर्ने कार्यक्रम तय गरेको थिएँ तर उहाँको निधन भएकाले सम्भव भएन,’ उनले भने, ‘एमालेका तत्कालिन महासचिव माधवकुमार नेपालसँग पनि एकताको प्रस्ताव राखेको थिएँ तर त्यतिबेला मिल्न सकिएन।’ उनले शान्तिपूर्ण बाटोबाट देशमा समाजवाद स्थापित गर्न नेकपा प्रयासरत रहेको बताए।

वरिष्ठ नेता खनालले जनताको सेवा गर्नु नै पार्टीको स्वार्थ भएको भन्दै दत्तचित्त भएर पार्टीको काममा लाग्न नेता–कार्यकर्तालाई निर्देशन दिए। ‘कम्युनिट पार्टीको नेतृत्व नभएसम्म देशमा समाजवाद स्थापना हुनै सक्दैन,’ उनले भने, ‘समाजवादबिना समृद्ध नेपाल र सुखी नेपालीको नारा झन् कसरी सम्भव छ र !’ खनालले समाजवाद स्थापनाका लागि चुनावीप्रक्रिया परिवर्तन गरी मितव्ययी बनाउनुपर्ने, सीमा समस्या समाधान गर्नुपर्ने, आत्मनिर्भर हुनुपर्ने, सुशासन कायम गर्नुपर्ने, विकासका काम तीव्र र व्यापक बनाउनुपर्ने, भाषा–संस्कृति संरक्षण गर्नुपर्ने र तीनखम्बे अर्थनीति अंगीकार गर्नुपर्ने सुझाए।

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले अहिलेको नेपालको संविधानले गरेको व्यवस्थाअनुसार नै सरकार अघि बढेकाले कसैले सरकार ‘अधिनायकवादी’ भन्नुको अर्थ नरहेको बताए। ‘जनताले जनताका लागि पहिलोपटक बनाएको संविधानअनुसार देश चलेको छ, सरकार पनि त्यही संविधानअनुसार चलेको छ, सरकार कसरी अधिनायकवादी बन्नसक्छ ?’ उनले भने, ‘अब राजनीतिक आन्दोलन गर्नुपर्दैन, समृद्धिको यात्रामा देश गइसक्यो, दुई वर्षभित्र देशमा धेरै अपुरा काम सम्पन्न हुनेछन्।’

शनिबारसम्म चल्ने जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षणमा स्थायी कमिटी सदस्यहरू वेदुराम भुसाल, देवेन्द्र पौडेल, केन्द्रीय सदस्य विजय पौडेल र १ नम्बर प्रदेश अध्यक्ष देवराज घिमिरेले नेता–कार्यकर्तालाई प्रशिक्षण दिँदैछन्। स्थायी कमिटी सदस्य पौडेलले ‘नेपालको कम्युनिस्ट आन्दोलन ः विगत र वर्तमान’ तथा भुसालले ‘कम्युनिस्ट दर्शन र सिद्धान्त’ विषयमा प्रशिक्षण दिनेछन्। केन्द्रीय सदस्य पौडेलले ‘नेपालको अर्थराजनीति’ र प्रदेश कमिटी अध्यक्ष घिमिरेले ‘पार्टी र सरकारबीचको अन्तरसम्बन्ध’ विषयमा प्रशिक्षण दिने तय भएको नेकपा जिल्ला कमिटीले जनाएको छ। प्रशिक्षणमा जिल्लादेखि वडा तहसम्मका ५ सयभन्दा बढी नेता–कार्यकर्ता सहभागी छन्। (नागरिक दैनिक)