१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग News Polar टिपरको ठक्करबाट बालिकाको मृत्यु News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा

भारतले दोहोर्‍यायो तल्लो अरुण निर्माणको प्रस्ताव

भारतले दोहोर्‍यायो तल्लो अरुण निर्माणको प्रस्ताव
अ अ+ अ-

काठमाडौँ — भारतले ४ सय मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना आफ्नो स्वामित्वमा रहेको कम्पनीलाई दिन आग्रह गरेको छ । भारतीय सरकारको लगानी रहेको सतलज निगमले अरुण तेस्रो निर्माण गरिरहेको र सोही कम्पनीले ४ सय मेगाावटको तल्लो अरुण निर्माण गर्दा सस्तो पर्ने भन्दै भारतीय ऊर्जा राज्यमन्त्री आरके सिंहले यस्तो माग गरेका हुन् । 

ऊर्जामन्त्री वर्षमान पुनसहित नेपाली ऊर्जा अधिकारीसँग बिहीबार काठमाडौंमा भएको भेटमा भारतीय ऊर्जा राज्यमन्त्रीले यस्तो आग्रह गरेको भेटमा संलग्न स्रोतले जानकारी दिएको छ । तल्लो अरुण निर्माणको जिम्मा दिन भारतले आग्रह गरेको यो दोस्रोपटक हो ।
भारतीय लगानी रहेको सतलज निगमले निर्माण थालेको ९ सय मेगावाटको अरुण तेस्रो परियोजनाको भौतिक प्रगतिकरिब ३० प्रतिशत पुगेको छ । ४ सय मेगावाटको तल्लो अरुण तेस्रोको तल्लो तटीय क्षेत्रमा पर्छ ।
ऊर्जामन्त्री पुन र भारतीय ऊर्जा राज्यमन्त्री आरके सिंहबीच गत माघ २८ गते नयाँदिल्लीमा भएको भेटमा पनि तल्लो अरुण निर्माण गर्न दिन प्रस्ताव गरेका थिए । उक्त भेटमा मन्त्री पुनले अरुण तेस्रोको निर्माण प्रगति अघि बढेपछि सकारात्मक सन्देश प्रवाह हुने र त्यसपछि निर्णय गर्न सकिने जवाफ दिएका थिए । बिहीबार भएको भेटमा ऊर्जामन्त्री पुन, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी उपस्थित थिए ।
लगानी बोर्डले तल्लो अरुण गत चैतमा सम्पन्न लगानी सम्मेलनमा प्रस्तुत गरेको परियोजना हो । सम्मेलनको अवधिमा तीन कम्पनीले आयोजना निर्माण गर्ने प्रस्ताव पेस गरेका छन् । तीमध्ये एक कम्पनी भारतीय छ ।
भारतीय ऊर्जा राज्यमन्त्रीसँगको भेटमा बोर्डका प्रमुख कार्यकारी अधिकारीले आयोजनाको स्थितिबारे जानकारी गराएका थिए । बोर्डले यो आयोजना प्रतिस्पर्धाको प्रक्रियामा अघि बढाइसकेकाले त्यसैमा सहभागिता जनाउनुपर्ने जनाएको छ । हाल निर्माणाधीन अरुण तेस्रो भारतीय कम्पनीले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत पाएको हो । गत वर्ष नेपाल र भारतका प्रधानमन्त्रीले स्विच थिचेर आयोजनाको शिलान्यासगरेका थिए ।
नेपाल सरकारसँग भएको आयोजना विकास सम्झौता (पीडीए) अनुसार स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा परियोजना निर्माण गर्नेउल्लेख छ ।
सतलजले आयोजना २५ वर्षपछि नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । आयोजनाबाट उत्पादित विद्युत् भारतमा लैजाने योजनासहित सतलजले निर्माण थालेको हो । यो आयोजनाबाट उत्पादित २१.९ प्रतिशत विद्युत नेपालले निःशुल्क प्राप्त गर्ने प्रावधान आयोजना विकास सम्झौतामा छ । योबाहेक आयोजनाबाट नेपालले करिब १ खर्ब ७ अर्ब रुपैयाँ रोयल्टी प्राप्त गर्ने प्रारम्भिक अनुमान छ ।
भारतीय ऊर्जा राज्यमन्त्रीसँगको भेटमा नेपाली पक्षले दुई देशको ऊर्जा सचिवस्तरीय बैठकको विषयमा पनि छलफल भएको भेटमा संलग्न नेपाल विद्युत् प्राधिकरणका विद्युत् व्यापार विभागका निर्देशक तथा प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।
‘हामीले अक्टोबरको मध्यमा दुई देशको सचिवस्तरीय बैठक राख्न आग्रह गरेका थियौं,’ उनले भने, ‘भारतीय राज्यमन्त्रीले स्वदेश फर्किएपछि सोही मितिमा हुने गरी बैठक राख्न निर्देशन दिने बताउनुभएको छ ।’ अक्टोबरको १४, १५ वा १६ तारिखमा सचिव र सहसचिवस्तरीय संयन्त्रको बैठक राख्न नेपाली पक्षले आग्रह गरेको थियो । दुई देशका ऊर्जा सचिवस्तरीय संयन्त्रको बैठक पछिल्लोपटक पोखरामा माघ १० र ११ मा भएको थियो ।
अब बस्ने दुई देशका ऊर्जा सचिवस्तरीय बैठकमा न्यु बुटवल–गोरखपुर प्रसारण लाइनको निर्माण मोडालिटी टुंग्याउने अपेक्षा छ । नेपालले न्यु बुटवल–गोरखपुर प्रसारण लाइन दुवै देशको ५०–५० प्रतिशत स्वपुँजीमा कम्पनी स्थापना गरी निर्माण गर्ने गरी सहमति जुटाउन प्रस्ताव गरेको प्राधिकरणका प्रवक्ता अधिकारीले दिए ।
उनका अनुसार नेपाली पक्षको प्रस्तावमा भारतीय ऊर्जा मन्त्रीले सकारात्मक संकेत दिएका छन् । बुटवल गोरखपुरको विस्तृत आयोजना प्रतिवेदन सन् २०१५ मै तयार भएको थियो । यो प्रसारण लाइन आयोजना निर्माण गर्न दुवै देश सहमत भए पनि निर्माण मोडालिटी टुंग्याउन बाँकी छ ।
कुल १४० किलोमिटर लम्बाइको उक्त प्रसारण लाइनको २० किलोमिटर नेपालमा पर्छ । बाँकी १२० किलोमिटर नेपाल–भारत सिमानादेखि भारतको गोरखपुर पुर्‍याउने योजना छ । अमेरिकी सरकारले एमसीसीअन्तर्गत दिएको ५० अर्ब अनुदान कार्यान्वयनका लागि पनि नेपालले भारतसँग न्यु बुटवल–गोरखपुर निर्माणर सञ्चालनका लागि सहमति गरिसक्नुपर्ने सर्त छ ।
उडान नियमित गराउन सुरुका दिनमा प्रदेश सरकारले अनुदानसमेत दिन तयार रहेको उनले बताए ।पर्यटनमन्त्री लम्सालले अन्तर्राष्ट्रिय पर्यटन दिवसका दिन असोज १० बाट नियमित उडानको तयारी गरिएको बताए । हवाई उडानसँगै पर्यटन व्यवसायीसँगको सहकार्यमा ‘मनै छुने मनाङ प्याकेज’ बनाउन लागिएको उनको भनाइ थियो । ‘निरन्तरताका लागि योजना बनाएका छौं,’ उनले भने, ‘विमानस्थल सञ्चालनसँगै अन्य पूर्वाधार पनि बनाउने योजना छ ।’
आन्तरिक पर्यटन वर्ष २०१९ र नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर हुम्डेमा उडान गर्न थालिएको भन्दै उनले पोखराबाट सातै प्रदेशमा सिधा हवाई सम्पर्क पुर्‍याउने योजना रहेको सुनाए । नागरिक उड्डयन प्राधिकरणले आव ०६९/७० मा ९ करोड रुपैयाँ खर्चेर ६ सय मिटरको धुले धावनमार्गलाई ९ सय मिटर बनाएर कालोपत्र गरेको थियो ।
त्यतिबेला तत्कालीन मन्त्री तथा प्राधिकरणका अधिकारीले नेपाल वायु सेवा निगमको जहाज ल्याएर परीक्षण गरेका थिए । त्यसयता निगमको जहाज आएको छैन । कालोपत्र भएको दुई वर्षपछि तारा एयरको डोर्नियर जहाजले परीक्षण उडान गरे पनि निरन्तरता दिएन । कालोपत्र हुनुअघि साताको दुईपटक उडान हुन्थ्यो । सडक मार्गको ट्रयाक खुलेसँगै जहाज उड्न छाडेको स्थानीयको भनाइ छ ।
मनाङमा निगमको ट्वीनअटर जहाजले मात्रै उडान भर्दै आएको थियो । नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक एटीसी (एयर ट्राफिक कन्ट्रोलर) सूर्यबहादुर खत्रीका अनुसार हिमपात र पानी परेको समय मनाङको आकाशमा उडान भर्न सकिँदैन । ‘अहिले पनि मौसम सफा नहुँदा उडान भर्न गाह्रो हुन्छ,’ उनले भने । पोखरा–मनाङ उडान करिब २५ मिनेटको हुन्छ । हुम्डेमा २०३९ असोजबाट उडान सुरु गरिएको थियो । (कान्तिपुर दैनिकमा विजय तिमल्सिना लेख्छन्)