१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग News Polar टिपरको ठक्करबाट बालिकाको मृत्यु News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा

स्याउ कुहिएर खेर गएपछि बहुआयामिक शीतगृह निर्माण गर्न जुट्याे प्रदेश सरकार

स्याउ कुहिएर खेर गएपछि बहुआयामिक शीतगृह निर्माण गर्न जुट्याे प्रदेश सरकार
अ अ+ अ-

सुर्खेत: यतिबेला कर्णालीको स्याउ मुलुकमय बनेको छ । निकै राता, पोटिलो, गुलियो र रसिलो स्वादयुक्त दाना स्याउ देख्दा नलोभिने कोही छैन । नेपालका प्रमुख शहर सुर्खेत, नेपालगञ्ज, दाङ, बुटबल, चितवन, काठमाडौँसम्म जुम्ली स्याउ पुगिसकेको छ । अहिलेसम्म जुम्लाले मात्र रु १० करोडभन्दा बढीको स्याउ निर्यात गरिसकेको छ ।

हवाईमार्ग र कर्णाली राजमार्गबाट दैनिक जुम्ली अर्गानिक स्याउ निर्यातको क्रम चलिरहेको छ । जुम्ली किसानलाई स्याउ सङ्कलन, भण्डारण, ग्रेडिङ, प्याकेजिङ गर्न भ्याइनभ्याइ छ । सबै किसानका बगैँचामा स्याउ किन्ने व्यापारीको ताँती लागेको पाइन्छ भने नेपालगञ्ज, सुर्खेतका फलफूल मण्डीमा दैनिक स्याउ किन्ने उपभोक्ता लहरै देखिन्छ ।

कालीकोट, हुम्ला, मुगु, डोल्पा, जाजरकोट जहाँको स्याउ भए पनि जताततै जुम्ली अर्गानिक स्याउको नाम दिएर बेच्ने होड पनि त्यतिकै चलेको छ ।

त्यति हुँदाहुँदै पनि स्याउको व्यवस्थित बजारीकरण तथा भण्डारण हुन नसक्दा किसानका साथै स्याउ व्यापारीले अपेक्षित आम्दानी लिन सकेका छैनन् । मूलतः उत्पादित स्याउको उचित व्यवस्थापन, भण्डारण र बजारीकरण हुन नसकेका कारण किसान तथा व्यापारी मर्कामा परेको कर्णालीका वरिष्ठ कृषक रामकृष्ण बुढ्थापाले जानकारी दिनुभयो ।

“स्याउ पाक्ने बित्तिकै किसानले टिपेर बेचिहाल्नु पर्छ”, कृषक बुढ्थापाले भन्नुभयो, “लामो समयसम्म राखेर बेच्ने व्यवस्था छैन । ढिलो बेच्ने बित्तिकै कुहिएर किसानले घाटा खानुपर्छ ।” कृषि बजारलाई व्यवस्थित गरेर उत्पादित वस्तुबाट किसानलाई उचित मूल्य दिलाउन सकिएमात्र कर्णालीको आर्थिक समृद्धिमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

अन्य देशका स्याउभन्दा कर्णालीमा उत्पादित स्याउको गुणस्तर धेरै माथि भएको दावी गर्दै उहाँले यसको ग्रेडिङ, प्याकेजिङ र बजारीकरणलाई व्यवस्थित गरी किसानलाई वर्षभरि बेच्ने सुविधाका लागि कर्णालीको जुम्ला र सुर्खेतमा शीतगृह आवश्यक रहेको औँल्याउनुभयो ।

कर्णालीका स्याउ नेपालका बजारमा भरिभराउ छ । अहिले भारत तथा चीनबाट आएका स्याउलाई यसले विस्थापित गरेको छ । प्रति केजी रु १०० देखि १५० मा किन्न पनि उपभोक्ताले सस्तो मानिरहेका छन् ।

स्याउ एकै याममा पाकेर ठूलो परिमाणमा निर्यात हुँदा किसान तथा स्याउ व्यापारीले लगानी अनुसारको आम्दानी उठाउन नसकेकोले वर्षभरि बिक्रीवितरण गर्न मिल्ने सुविधाका लागि शीतगृह निर्माणार्थ किसानले सरकारलाई आग्रह गरेका छन् ।

संसद् बैठकमा स्याउकै बहस

बिहीबार बसेको कर्णाली प्रदेशसभाको चौथो अधिवेशनको २८औँ बैठकमा पनि स्याउकै बहस चल्यो ।

कर्णाली प्रदेश सरकारले यहाँका नागरिकको प्रत्यक्ष आयआर्जनसँग जोडिएको अर्गानिक स्याउको व्यवस्थित भण्डारण र बजारीकरण गर्न सकिएमात्र गरिबी दर घटाउन सकिने प्रदेशसभा सदस्यले सरकारलाई सुझाएका थिए ।

यसबारेमा बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रदेश सरकारले बृहत् क्षमताको शीतगृह निर्माण गर्ने योजना अघि बढाएको बताउनुभएको थियो । कर्णालीको पहिचान र यहाँका नागरिकको आर्थिक समृद्धिसँग जोडिएको स्याउको व्यवस्थित भण्डारण र बजारीकरणमा सरकारले जोड दिएको उहाँले बताउनुभएको थियो ।

संसद् बैठकमा मन्त्री भण्डारीले भन्नुभएयो, “बढीमा १५ दिनमा मात्र यहाँको स्याउले बजार ढाक्छ । धेरै समय रहन नसकी कुहेर जाँदा स्याउ व्यापारी आँशु झारेर फर्कने गरेका छन् । यहाँ उत्पादित अर्गानिक स्याउ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउन र त्यसको दिगो व्यवस्थापन गर्न बहुआयमिक शीतगृह आवश्यक भएकोले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय शीतगृह निर्माण कार्यलाई अघि बढाइसकेको छ ।”

प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले बहुआयमिक शीतगृह निर्माणका लागि भनेर रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको राससलाई जानकारी दिनुभयो ।

“हामीले प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतको औद्योगिक क्षेत्रमा तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डारण निर्माण कार्य शुरु गरिसकेका छौँ”, मन्त्री केसीले भन्नुभयो, “अब अन्य जिल्लामा पनि चालु आवमै शीतगृह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्दैछाँै ।”

उहाँका अनुसार स्याउ किसान तथा व्यापारीको व्यवसायलाई सुनिश्चित एवं सुरक्षित गर्न प्रदेश सरकारले शुरु गरेको योजना भावी दिनमा पालिकास्तरमा पनि शीतगृह निर्माण गर्ने लक्ष्य लिईएको छ । सरकारको यो कामले निश्चित समय मात्र बजार ढाक्ने कर्णालीको स्याउले चीन र भारतको स्याउमा परनिर्भर हुने समस्या हट्ने अपेक्षा गरिएको छ ।