काठमाडौँ । सपना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२ औँ साधारणसभा आज काठमाडौँमा सम्पन्न भएको छ ।
सो साधारणसभाको उद्घाटन सहकारी अभियन्ता एवम् संविधान सभाका सदस्य ओमदेवी मल्लले गरेकि थिइन् ।
उक्त साधारण सभामा अध्यक्ष प्रज्वल थान्जुले आर्थिक वर्ष २०७६÷७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उक्त सहकारीले वर्षेनी प्रदान गर्दै आएको रु १५ हजार राशीको सपना सहकारी छात्रवृत्ति न्युन आय भएको परिवारका बालक गौरीधारास्थित स्नो फिल्ड विद्यालयमा कक्षा ४ मा अध्ययनरत रियाज न्यौपानेलाई प्रदान गरिएको थियो ।
त्यस साधारण सभालाई सम्बोधन गर्दै ओमदेवी मल्लले नेपालको अर्थतन्त्रको तीन खम्बामध्ये एक सहकारी हो भन्दै नेपालमा सहकारी अभियानलाई गाउँ गाउँमा पुर्याउन आवश्यक रहेको बताइन् ।
उनले सहकारी ऐन र नियमावली संशोधनको कार्य अन्तिम चरणमा पुगेको जानकारी दिँदै विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा पनि सहकारीसम्बन्धी विषय राख्नुपर्नेमा जोड दिइन् ।
उक्त सभाको बन्द सत्रले लेखा सुपरीवेक्षण समितिका तर्फबाट लेखा समिति संयोजक चिरञ्जीवी घिमिरेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको थियो ।
उक्त सहकारीसँग करिब १६ करोड निक्षेप रहेको संस्थाका उपाध्यक्ष रामचन्द्र अर्यालले जानकारी दिए ।