७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए News Polar एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने

हल्दीबारीमा वडा सङ्ख्या विस्तार गर्न माग

हल्दीबारीमा वडा सङ्ख्या विस्तार गर्न माग
अ+ अ-

झापा। झापाको हल्दीबारी गाउँपालिकाले जनसङ्ख्या वृद्धि र प्रशासनिक सहजतालाई आधार मान्दै हालको पाँच वडा बढाएर सात वटा कायम गर्न सम्बन्धित निकायसँग माग गर्ने निर्णय गरेको छ ।

स्थानीय तहको सङ्ख्या तथा सिमाना हेरफेर गर्ने सम्बन्धमा गाउँपालिकामा आज सम्पन्न सर्वदलीय बैठकले यस्तो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले जानकारी दिनुभयो । उहाँका अनुसार छलफलले वडा नं १ र २ लाई विभाजन गरी थप एक–एक वडा कायम गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो ।

बैठकले हल्दीबारी गाउँपालिकाको भौगोलिक, ऐतिहासिक तथा प्रशासनिक पहिचान यथावत राख्दै अन्य स्थानीय तहसँग समायोजन नगर्ने निर्णय पनि गरेको छ । अध्यक्ष लिङ्देनले जनसङ्ख्या र प्रशासनिक आवश्यकताअनुसार वडा सङ्ख्या वृद्धि गर्नु आवश्यक रहेको बताउँदै भन्नुभयो, “हल्दीबारीको पहिचान जोगाउँदै स्थानीयको आवश्यकताअनुसार वडा सङ्ख्या सात पु¥याउन सम्बन्धित निकायसँग औपचारिक माग गर्ने निर्णय गरेका छौँ ।”

यसअघि जिल्लास्तरीय पुनरावलोकन अध्ययन समिति झापाले यही साउन १२ गते जिल्ला समन्वय समितिको सभाहलमा पहिलो चरणको सर्वपक्षीय छलफल सुरु गरेको थियो ।

त्यसपछि जिल्लाका १५ वटै स्थानीय तहलाई पालिकास्तरीय छलफल गरी सुझाव पठाउन पत्राचार गरिएकाले हाल सबै पालिकामा छलफल भइरहेको समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख विश्वराज बरालले जानकारी दिनुभयो ।

बरालका अनुसार नेपाल सरकारले तय गरेको मापदण्डअनुसार स्थानीय तह, राजनीतिक दल, सामाजिक सङ्घसंस्था तथा सर्वसाधारणबाट प्राप्त सुझावका आधारमा समितिले पुनरावलोकन प्रक्रिया अघि बढाउनेछ । हाल झापामा आठ नगरपालिका र सात गाउँपालिका गरी १५ स्थानीय तह रहेका छन् ।

पुनरावलोकनसम्बन्धी मापदण्डअनुसार स्थानीय तहको सिमाना हेरफेरका लागि सम्बन्धित स्थानीय तहका तत्काल कायम रहेका सदस्य सङ्ख्याको दुई तिहाइ बहुमत आवश्यक पर्छ ।

त्यस्तै, पालिका गाभ्ने (मर्ज) प्रस्ताव साधारण बहुमतबाट पारित गरी प्रदेश सरकारमार्फत सङ्घ सरकारमा सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।  रासस