११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा शाहद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, नेपालीलाई मिलेर बस्न आग्रह



अ+ अ-
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरी जिल्लाका केही गाउँबस्तीमा भएको आपसी द्वन्द्व र विवादका कारण जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ।

निर्मल निवासबाट बिहीबार जारी सद्भाव सन्देशमा पूर्वराजा शाहले उक्त घटनाको असर फैलिँदै जाँदा कोशी क्षेत्रसहित तराईका विभिन्न भूभागको जनजीवन अशान्त बनेको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो।

उहाँले नेपाल बहुजातीय, बहुभाषिक तथा विभिन्न धर्म, संस्कृति र परम्परा भएको मुलुक भएकाले नेपाली समाजको मौलिक विशेषता र गौरवलाई जोगाउनुपर्ने बताउनुभएको छ। समाजमा विद्यमान धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावमा कसैबाट पनि खलल पार्ने काम हुन नहुने उहाँको भनाइ छ।

‘समाजका सबै समुदायमा सामञ्जस्य रहेको देशका रूपमा सुपरिचित नेपालमा यस प्रकारका अवाञ्छित घटना र दुर्घटना घट्नु चिन्ताको विषय हो,’ सन्देशमा भनिएको छ।

पूर्वराजा शाहले जुनसुकै भूभागमा रहे पनि सबै नेपाली मिलेर बस्न आग्रह गर्दै आपसी सद्भाव कायम गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ।