२ आश्विन २०८३, शुक्रबार Friday, September 18, 2026
२ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ News Polar शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने News Polar पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति सहानुभूति प्रकट News Polar बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने News Polar बाढीको पानी घट्यो, जोखिम घटेन News Polar जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह News Polar साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा

फेसबुकको डेस्कटप संस्करणमा समस्या

फेसबुकको डेस्कटप संस्करणमा समस्या
अ+ अ-

काठमाडाैँ । सामाजिक सञ्जाल फेसबुकको डेस्कटप संस्करणमा आइतबार दिउँसोदेखि प्राविधिक समस्या देखिएको छ। समस्या देखिएसँगै धेरै प्रयोगकर्ताको अकाउन्ट स्वतः लगआउट हुने, पेज लोड नहुने तथा “Account Temporarily Unavailable” भन्ने सन्देश देखिन थालेको छ।

प्रयोगकर्ताहरूले सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन प्लेटफर्ममार्फत समस्या भएको जानकारी साझा गरिरहेका छन्। वेबसाइटहरूको सेवा अवस्थाबारे जानकारी दिने DownDetector मा समेत फेसबुकको सेवा अवरुद्ध भएको भन्दै ठूलो संख्यामा रिपोर्ट दर्ता भएका छन्। उक्त प्लेटफर्मका अनुसार समस्या आइतबार दिउँसो करिब १ः३० बजेदेखि देखिन थालेको हो।

हालसम्म मेटाले समस्याको कारण वा समाधानबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन। प्राविधिक गडबडी विश्वव्यापी हो वा सीमित क्षेत्रमा मात्र परेको हो भन्ने विषय पनि स्पष्ट भइसकेको छैन।