२ भाद्र २०८३, मंगलवार
,
Latest
साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन नेपाल–चीनका नेपाली विद्यार्थीबीच सहकार्य बढाउन एनएसओ चाइनाको सम्पर्क कार्यालय विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

शारीरिक सुगठन टोली भुटान जाने



अ+ अ-

काठमाडौं। १६ औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली मंगलबार भुटानको थिम्पु जाने भएको छ ।

असार १६ देखि २० गतेसम्म हुने प्रतियोगितामा ५ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती पेश गर्ने छन् ।

पुरुष ७५ केजीमा सगेन्द्र सिंह, ८० केजीमा दीपजंग रोका मगर, ८५ केजीमा सागर श्रेष्ठ, स्पोर्ट्स फिजिक १७० सेन्टीमिटरमुनि आकाश श्रेष्ठ र स्पोर्ट्स फिजिक १७० सेन्टीमिटरमाथि पुकार शाक्यले प्रतिस्पर्धा गर्ने छन् ।

महिला मोडल फिजिक १५५ सेन्टीमिटरमाथि विनु जिटी तथा स्विमसुटमा सीता खत्रीले सहभागिता जनाउने छन् । नवौं मिस्टर हिमालय र दोश्रो मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगितालाई मध्यनजर गरी खेलाडी छनोट गरिएको महासंघले जनाएको छ ।

अफिसियलमा नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका सचिव दिनेशकुमार राजभण्डारी तथा निर्णायकमा जोनसन जोनछेन छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।

दक्षिण एसियाली शारीरिक सुगठनको पहिलो संस्करणदेखि निरन्तर सहभागी नेपालले हालसम्म १२ स्वर्ण, १६ रजत र १९ कांस्य जितेको महासंघले जनाएको छ । १५ मध्ये ३ संस्करण नेपालमै भएको थियो ।




भर्खरै