८ असार २०८३, सोमबार
,
Latest
पूर्वमन्त्री एवं कांग्रेस नेता खरेलको पार्थिव शरीर सानेपामा ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव गोलाप्रथा संविधानअनुकूल छैन, विषयगत विज्ञताका आधारमा मुद्दा तोकिनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली झापामा सर्पदंशबाट वृद्धाको मृत्यु विश्वकप फुटबल २०२६ : इजिप्ट समूह जीको शीर्ष स्थानमा नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’ बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत सागम र लप्से गाउँमा खानेपानीको पहुँच
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणहिटीको ‘लमजुङ कक्ष’ भाडामा लगाईदै



अ+ अ-

काठमाडौं । ड्रिङ्स र डिनरसहितको पार्टी गर्न मिल्ने गरी नारायणहिटी संग्रहालयभित्रको लमजुङ कक्षलाई संरचना परिवर्तन गर्ने तयारी भएको छ । देशभरका ऐतिहासिक र पुरात्त्विक संग्रहालयलाई संरक्षण गर्न जिम्मेवारी लिएको संस्कृति मन्त्रालय र त्यसअन्तर्गतको पुरातत्त्व विभागमा दशकौं लामो इतिहास बोकेको नारायणहीटी र त्यसमा खोलिएको संग्रहालयलाई भाडामा दिने तयारी भएपछि कर्मचारीहरुले यसमा आपत्ति जनाउन थालेका छन् ।

गएको असोज ३ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई , मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र पुरातत्त्व विभागका कामु महानिर्देशक दामोदर गौतमसहितको टोलीले संग्रालय अवलोकन गर्दै संग्रहालयको लमजुङ कक्षमा रहेको डाइनिङ हल भाडामा दिने गरी छलफल गर्न निर्देशन दिएका थिए ।