७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सातै प्रदेशका प्रमुख पदमुक्त, काँग्रेसकाे विराेध



अ+ अ-

काठमाडौं । सातै प्रदेशका प्रदेश प्रमुखहरूलाई सरकारले पदमुक्त गरिदिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश प्रमुखलाई पदमुक्त गर्न सिफारिश गरेको थियो।

सोही सिफारिशका आधारमा सातै प्रदेश प्रमुखलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

तत्कालीन शेरबहादुर देउवा सरकारले सातै प्रदेश प्रमुखलाई २०७४ माघ ३ गते नियुक्त गरेको थियो।

यसैबीच नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारकाे निर्णयप्रति असन्तुष्टी जनाउँदै ट्वीट गरेका छन् । ट्वीटमा उनले भनेका छन्ः


आजको निर्णय चार कारण गलत… १. समयको प्राथमिकता अर्कै,सरकारको ध्यान अर्कैतिर, २. जरुरी समिक्षा बेगरै पुर्वाग्रहपुर्ण निर्णय, ३.सहमतिको राजनीति थप बिथोल्ने यत्न र ४.निर्वाचन आचारसंहिताको नैतिक हेक्का राखिएन

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रदेश प्रमुखलाई हटाउनु सरकारको सर्वसत्तावादतर्फ जाने कोसिस भएको प्रतिक्रिया दिएका छन् ।