२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सातै प्रदेशका प्रमुख पदमुक्त, काँग्रेसकाे विराेध



अ+ अ-

काठमाडौं । सातै प्रदेशका प्रदेश प्रमुखहरूलाई सरकारले पदमुक्त गरिदिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश प्रमुखलाई पदमुक्त गर्न सिफारिश गरेको थियो।

सोही सिफारिशका आधारमा सातै प्रदेश प्रमुखलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

तत्कालीन शेरबहादुर देउवा सरकारले सातै प्रदेश प्रमुखलाई २०७४ माघ ३ गते नियुक्त गरेको थियो।

यसैबीच नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारकाे निर्णयप्रति असन्तुष्टी जनाउँदै ट्वीट गरेका छन् । ट्वीटमा उनले भनेका छन्ः


आजको निर्णय चार कारण गलत… १. समयको प्राथमिकता अर्कै,सरकारको ध्यान अर्कैतिर, २. जरुरी समिक्षा बेगरै पुर्वाग्रहपुर्ण निर्णय, ३.सहमतिको राजनीति थप बिथोल्ने यत्न र ४.निर्वाचन आचारसंहिताको नैतिक हेक्का राखिएन

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रदेश प्रमुखलाई हटाउनु सरकारको सर्वसत्तावादतर्फ जाने कोसिस भएको प्रतिक्रिया दिएका छन् ।