८ असार २०८३, सोमबार
,
Latest
५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द कालीकोटकाे रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस रणनीतिक कमजोरी नसुध्रिँदा एफएटीएफको ग्रे लिस्टबाट बाहिरिन सकेन नेपाल सुनचाँदीको मूल्यमा वृद्धि, साेमबार कतिमा हुँदैछ कारोबार ? प्रतिनिधि नामावली सच्याउन ढिलाइ हुँदा रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन सुरू, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित तनहुँमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन स्विट्जरल्यान्डमा इरान–अमेरिका वार्ता सुरु, हर्मुज खुला राख्न प्रारम्भिक सहमति पूर्वमन्त्री एवं कांग्रेस नेता खरेलको पार्थिव शरीर सानेपामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचन : उम्मेदवार छान्दै दल



अ+ अ-

बागलुङ । आउँदो मङ्सिर १४ गते बागलुङ–२ (ख)मा हुने उपनिर्वाचनका लागि दलहरु उम्मेदवार छनोटको अन्तिम कसरतमा जुटेका छन् । मुख्य प्रतिस्पर्धी मानिएका नेपाली काङ्ग्रेस र राष्ट्रिय जनमोर्चाकै उम्मेदवारको टुङ्गो लागेको छैन । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भने राजमोका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ ।

नेपाली काङ्ग्रेस बागलुङका सभापति दीपेन्द्र थापामगरले भोलिसम्ममा उम्मेदवारको अन्तिम टुङ्गो लाग्ने बताउनुभयो । नेपाली काङ्ग्रेसबाट महाधिवेशन प्रतिनिधि जीतबहादुर शेरचन, क्षेत्रीय सभापति दोर्ण कुँवर, महाधिवेशन प्रतिनिधि टेकराज पौडेल र तुलासिंह घर्ती सम्भावित उम्मदेवारको सूचीमा हुनुहुन्छ ।

नेकपासँगको तालमेलमा उपनिर्वाचन लड्न लागेको राष्ट्रिय जनमोर्चाले पनि आजै साँझ या भोलिसम्ममा उम्मेदवार तोकिने जनाएको छ ।

नेकपासँग तालमेल हुने भएपछि उम्मेदवार छनोटको विषय थप पेचिलो बनेको उहाँको भनाइ छ । अघिल्लो चुनावमा पनि वाम गठबन्धनको बलमा राजमोले उक्त क्षेत्रमा विजय हासिल गरेको थियो । राजमो जिल्ला समिति बैठकले सम्भावित उम्मेदवारका रूपमा गत वर्ष निधन हुनुभएका प्रदेशसभा सदस्य टेकबहादुर घर्तीकी पत्नी सुनमाया घर्ती, जिल्ला उपाध्यक्ष धर्मबहादुर कुँवर र जिल्ला सदस्य खिमविक्रम शाहीको नाम सिफारिस गरेको थियो ।

समाजवादी पार्टीले भने अशोककुमार विकलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । अन्य साना दल पनि उम्मेदवार छनोटको तयारीमा छन् । उपनिर्वाचन हुन लागेको क्षेत्रबाट प्रदेशसभा सदस्यमा राजमोका टेकबहादुर घर्ती विजयी हुनुभएको थियो । घर्तीको गत वर्ष निधन भएपछि रिक्त रहेको प्रदेशसभा सदस्य पदमा उपनिर्वाचन हुन लागेको हो ।

उम्मेदवारको टुङ्गो लागेपछि चुनावी अभियानलाई तीव्र बनाउने तयारीमा दलहरु छन् । निर्वाचन आयोगले उम्मेदवारी दर्ताको मिति यही कात्तिक २१ गतेलाई तोकेको छ । प्रदेशसभा सदस्यसँगै जिल्लाको बडिगाड गाउँपालिका–२ मा पनि वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । वडाध्यक्षमा निर्वाचित विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि उक्त वडामा पनि उपनिर्वाचन हुन लागेको हो ।

वडाध्यक्षको चुनावका लागि नेकपाले ढालेन्द्र शेरचन र नेपाली काङ्ग्रेसले दिलबहादुर रानालाई उम्मेदवार बनाएका छन् । अन्य दलले भने उम्मेदवारको टुङ्गो लगाउन बाँकी छ । दुवै पदमा हुने उपनिर्वाचनका लागि ३६ हजार ९२६ मतदाताको अन्तिम नामावली टुङ्गो लागेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उपनिर्वाचनका लागि २५ मतदानस्थल र ४५ मतदान केन्द्र तोकिएको छ ।