७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सांसद आलमको सम्पत्ति छानबिन हुने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद अफताब आलमले आर्जन गरेको सम्पत्ति छानबिन हुने भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आलमको सम्पत्तिमाथि छानबिन थाल्ने भएको हो।

आइतबार प्रहरीले आलमको सम्पत्ति छानबिन गर्न विभागलाई पत्र पठाएको थियो। पत्र प्राप्त भएसँगै आलमको सम्पत्ति छानबिन गर्न अनुसन्धान अधिकृत तोक्ने तयारी विभागको छ।

‘आलममाथि अकुत आर्जन गरेको र त्यसको स्रोत खोजिनु पर्ने भनी छानबिन गर्न प्रहरीबाट पत्राचार भएको छ,’ विभागका एक अधिकारीले भने, ‘हामी अनुसन्धान अधिकृत तोक्ने तयारीमा छौं।’ जिल्ला प्रहरी कार्यालय रौतहटले आलमको सम्पत्ति अनुसन्धान गर्न आवश्यक रहेको भन्दै विभागमा पत्राचार गरेको थियो। सो पत्र पाउनासाथ प्रक्रियामा लगिएको विभाग स्रोतले जनायो।

फौजदारी कसूरमा थुनामा रहेका व्यक्तिको सम्पत्तिमाथि अनुसन्धान गर्न सजिलो हुने भएकाले तुरुन्तै प्रक्रियामा लगिएको ती अधिकारीले बताए। ‘थुनामा रहेका व्यक्तिले सम्पत्ति लुकाउने सम्भावना एकदम कम हुने भएकाले हामी अनुसन्धान तीव्र गतिमा अघि बढाउँछौं,’ ती अधिकारीले भने।