१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी

पोषण पुनःस्थापना गृह सञ्चालनमा कठिनाई

पोषण पुनःस्थापना गृह सञ्चालनमा कठिनाई
अ अ+ अ-

भरतपुर । भरतपुर अस्पतालमा रहेको पोषण पुनःस्थापना गृह बजेटको अभावमा सञ्चालनमा कठिनाई भएको छ । साउन यता त्यहाँ कार्यरत– ९ जना कर्मचारीले तलब पाउन सकेका छैनन् भने उनीहरुले नै खर्च गरेर बिरामीको हेरचाहा गर्दै आएका छन् ।

गृहकी संयोजक छमकला काफ्लेका अनुसार गृहमा संयोजक बाहेक चार जना स्टाफ नर्स र चारजना सरसफाइ एवं भान्छाका कर्मचारी रहेका छन् । गृह सञ्चालन गर्न कर्मचारीको बाहेक बिरामीको सङ्ख्याको आधारमा हरेक महिना रु ४० हजारदेखि ६० हजारसम्म खर्च हुने गर्दछ ।
कुपोषण भएका पाँच वर्ष भन्दा तलका बालबालीका उपचारका लागि गृहमा ल्याउने गरिन्छ । कुपोषणकै कारण कम तौल भएका ती बालबालीकालाई पौष्टिक आहारा खुवाउने र उनीहरुका आमालाई घरमानै पाउने खाद्यान्नबाट कसरी पोषणयुक्त खाना बनाउन सकिन्छ भनेर तालीम दिइने काफ्लेले बताउनुभयो ।

बजेट अभाव भएपछि साउनयता आफुहरुकै निजी खर्च र उधारोमा सामान ल्याएर बिरामी राख्दै आएको काफ्लेको भनाइ छ । गत वर्ष १५३ जना बालबालिका भर्ना भएको केन्द्रमा यसवर्ष हरेक महिना १० जना नयाँ भर्ना गर्ने लक्ष्य लिइएको थियो । यसवर्ष बजेट नभएपछि लक्ष्य अनुसार भर्ना गर्न नसकिएको उहाँले बताउनुभयो । हाल केन्द्रमा तीनजना मात्र बालबालिका रहेका छन् । १० श्ययाको क्षमता भएको भए पनि १५ जना सम्मलाई उपचार गरिँदै आएको थियो ।

अस्पतालका लेखा प्रमुख भृगु खनालका अनुसार कार्यक्रम सुनिश्चितताको पत्र प्राप्त भएमा अस्पतालको अन्य बजेटबाट व्यवस्थापन गर्न सकिने भए पनि पत्रसमेत प्राप्त नहुँदा समस्या भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले बजेट छुट भएको जानकारी भएलगत्तै स्वास्थ्य मन्त्रालयको सम्बन्धित शाखामा पुगेर जानकारी गराएको तर हालसम्म निकासा हुन नसकेको बताउनुभयो ।

अस्पतालका तर्फबाट आवश्यक पहल भइरहेको उहाँले जानकारी दिनुभयो । सन् २०१२ अप्रिल २२ तारिखमा भरतपुर अस्पताल, नेपाल युथ फाउण्डेशन र दियालो परिवार नारायणगढले संयुक्त रुपमा गृह संञ्चालन गरेको थियो । त्यसको पाँच वर्षपछि गैरसरकारी संस्थाले गृहको सञ्चलनको जिम्मेवारी अस्पताललाई दिएका थिए ।

गृहमा आउने बालबालिकामा ८० देखि ८५ प्रतिशत उपचार सफल हुने गरेको जनाइएको छ ।