२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यमा सामान्य गिरावट



अ+ अ-

काठमाडौं । पछिल्लो साता केही उकालो लागेको सुनको मूल्यमा आज सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला रु २०० ले घटेको छ ।

छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार ८०० कायम भएको महासङ्घले जनाएको छ । सोमबार छापावाला सुन प्रतितोला रु ७१ हजारमा खरिदबिक्री भएको थियो ।

यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु २०० ले घटेको छ । महासङ्घले तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ५०० निर्धारण गरेको छ । सोमबार तेजाबी सुन प्रतितोला रु ७० हजार ७०० मा खरिदबिक्री भएको थियो । यसैगरी चाँदीको मुल्यमा पनि प्रतितोला रु ५ घटेको छ । आज स्थानीय बजारमा चाँदी प्रतितोला रु ८६५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।