१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी

सुदूरपश्चिमका पर्यटन राज्यमन्त्री रावलसहित ३६ जनाविरुद्ध पौने १६ करोड ठगी आरोपमा मुद्दा

सुदूरपश्चिमका पर्यटन राज्यमन्त्री रावलसहित ३६ जनाविरुद्ध पौने १६ करोड ठगी आरोपमा मुद्दा
अ अ+ अ-

धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलसहित ३६ जनाविरुद्ध झन्डै पौने १६ करोड रुपैयाँ ठगी तथा कागज कीर्ते गरेको भन्दै मुद्दा परेको छ। उनीहरु विरुद्ध गत साउनमा कञ्चनपुरको महेन्द्रनगरस्थित जनज्योती बहुमुखी क्याम्पसको १५ करोड ६७ लाख ५० हजार रुपैयाँ बराबरको सेयर किनबेचमा ठगी र कागज कीर्ते गरेको भन्दै कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दायर गरिएको खुलेको हो।

कञ्चनपुर जिल्ला अदालतका शाखा अधिकृत नवराज पाण्डेका अनुसार भीमदत्त नगरपालिकाका ताराप्रसाद जोशीसमेत गरी १० जनाले साउन ७ गते राज्यमन्त्री रावल सहितका ३६ जना विरुद्ध ठगी र कागज कीर्ते गरेकोसम्बन्धी मुद्दा दर्ता गराएका थिए।

को–कोमाथि लागेको छ आरोप ?उनका अनुसार रावलसँगै काठमाडौं महानगरपालिका ५ स्थायी घर भएका जनज्योती बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष मनोरथ जोशी, कञ्चनपुरको बेलौरी स्थायी घर भएका क्याम्पस प्रमुख भोलानाथ शर्मा सहितका अन्य ३६ जना सेयर सदस्यले कागज कीर्ते तथा ठगी गरेको उल्लेख छ।

पाल्पा घर भई काठमाडौं महानगरपालिका ११ बस्ने श्रीधर न्यौपाने, काठमाडौं २, नार्गाजुन बस्ने श्यामराज दली, कञ्चनपुर भीमदत्त नगरपालिका ९ बस्ने अम्बादत्त जोशी, सोही नगरपालिकाको वडा नम्बर १८ बस्ने इन्द्रराज बडु, कृष्णबहादुर शाह, धर्मेन्द्र गिरी, विरेन्द्रसिह साउदलाई पनि यस मुद्दामा आरोपी बनाइएको छ।

यसैगरी भीमदत्तन नगरपालिका १५ का प्रजापती नेगी, वडा नम्बर ३ का विशाल जोशी, लमजुङको साविक विचौर गाविस १ का मीनप्रसाद दवाडी, कञ्चनपुरको महाकाली नगरपालिका ९ का गजेन्द्रसिह कार्की, भीमदत्त नगरपालिका २ का हजारीसिंह पुजारा, सप्तरीको वनरझुला ७ का नागेन्द्र प्रसाद चौधरी, पर्वतको पकुवा ४ का गंगाधर पौडेल, गुल्मी तम्घासका राजेन्द्र थापा, काभ्रे कुसादेवी २ का दिपाकुमारी हुमागाईं र काठमाडौं ७ का सुरेश ओझा विरुद्ध पनि ठगी र कागजात कीर्ते गरेको आरोप लगाइएको छ।

यस्तै, भीमदत्त नगरपालिका १२ बस्ने भवनीप्रसाद पन्त, सोही नगरपालिकाको वडा नम्बर ३ बस्ने खेमलाल घिमिरे र मुना बम, वडा नम्बर २ बस्ने माधवप्रसाद जोशी र शिवदत्त जोशी, वडा नम्बर १८ बस्ने माधवदत्त जोशी, उमा जोशी, हरिराम चौधरी र रामप्रसाद घिमिरे, वडा नम्बर ४ बस्ने माधव जोशी र परमानन्द जोशी, वडा नम्बर ६ बस्ने शंकरदत्त भट्ट, वडा नम्बर १० का सुरेशचन्द्र भट्ट, कञ्चनपुरको महाकाली नगरपालिका वडा नम्बर ९ बस्ने हरिसिंह खाती, बैतडीको साविक रिम गाविस ९ का केशवदत्त जोशीका विरुद्ध पनि मुद्दा परेको छ।

मुद्दा परेका पर्यटन राज्यमन्त्री प्रकाश रावल, क्याम्पस प्रमुख भोलानाथ शर्मा लगायतका ३६ जना नै क्याम्पसका लगानीकर्ता हुन्। अधिकांशले सोही क्याम्पसमा स्थापना कालदेखि नै अध्यापन समेत गराउँदै आएका छन्। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त महेन्द्रनगरको जनज्योति बहुमुखी क्याम्पसमा सेयर सदस्यबीच दुई वर्ष पहिलेदेखि सेयरको विषयलाई लिएर विवाद हुँदै आएको थियो।

प्रतिवादी हाजिर नहुँदा कारबाही प्रक्रिया रोकियोः अदालत‘सेयर कारोबारमै ठगी र कागजात कीर्ते गरिएको भन्दै मुद्दा परेको छ,ु कञ्चनपुर जिल्ला अदालतका शाखा अधिकृत नवराज पाण्डेले भने, ‘प्रतिवादीका नाममा अदालतले हाजिर हुन सूचना जारी गरेको थियो। तर, उहाँहरु हाजिर नहुँदा अन्य प्रक्रिया अगाडि बढ्न सकेको छैन।’

उनले साउनदेखि अहिलेसम्म दुईजना प्रतिवादी मात्रै हाजिर भएको बताए। कञ्चनपुर अदालतका अनुसार आर्थिक कारोबार गर्दा बैंकिङ प्रणालीबाट गर्नुपर्नेमा नगरेको, मूल्याङ्कन नै नगरी आफ्नो सेयर मूल्य ५५ लाख रुपैयाँ कायम गरिएको, पुँजीगत लाभकर चुक्ता नगरेको, कीर्ते कागजपत्र बनाएको, झुटो अडिट रिपोर्ट तयार पारी ठगी गरेको, नयाँ सेयर सदस्यलाई प्रमाणपत्र नदिएको जस्ता विभिन्न अभियोग लगाइएको छ।

राज्यमन्त्री रावलले ५ लाख रुपैयाँमा एक सेयर देवराज पनेरुलाई बिक्री गरेका थिए। तर, उनलाई सोको प्रमाणपत्र हालसम्म उपलब्ध गराइएको छैन। जनज्योति क्याम्पसमा हाल पुराना २९ गरी जम्मा १ सय ८८ जनाको सेयर छ। (आवरण तस्बिरको पृष्ठभूमि-जनज्योति बहुमुखी क्याम्पस/सौजन्य-मानसखण्ड)