१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग News Polar टिपरको ठक्करबाट बालिकाको मृत्यु News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा

खुकुरी टी-२० क्रिकेटः वैशाख ८ गतेदेखि भैरहवामा हुँदै

खुकुरी टी-२० क्रिकेटः वैशाख ८ गतेदेखि भैरहवामा हुँदै
अ अ+ अ-

काठमाडौं । रुपन्देहीको भैरहवामा वैशाख ८ गतेदेखि खुकुरी टी-२० कप क्रिकेट प्रतियोगिता हुने भएको छ ।

लुम्बिनी खुकुरी क्लब बेलहियाको आयोजनामा सिद्धार्थनगर नगरपालिका-३ स्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा प्रतियोगिता सञ्चालन हुनेछ ।

आज यहाँ पत्रकार सम्मेलन गरी आयोजकले वैशाख १५ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेबारे जानकारी दिएको हो । क्लबका अध्यक्ष महेश थापाले प्रतियोगितामा तीन भारतीयसहित १६ वटा समूहको सहभागिता रहने जानकारी दिए ।

क्लबका सहसचिव एवं प्रतियोगिताका संयोजक नन्दन श्रेष्ठले आगामी दिनमा अझ सशक्त ढङ्गबाट क्रिकेटको विकासका लागि नयाँ आयाम प्रस्तुत गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

“प्रतियोगिताबाट यस क्षेत्रमा मात्र नभई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका क्रिकेट खेलाडी उत्पादनमा टुवा पु¥याउने विश्वास छ”, उनले भने, “खुकुरी क्लबले यसअघि पनि धेरै राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी उत्पादन छ ।”

प्रतियोगिताको विजेतालाई रु एक लाख ११ हजार १११, उपविजेतालाई रु ५५ हजार ५५५, म्यान अफ दि सिरिजलाई रु १५ हजार, वेष्टबलर र वेष्ट ब्याटस्म्यानलाई रु पाँच हजार ५५५ र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई रु एक हजार ५०० प्रदान गरिने क्लबका सल्लाहकार धर्मराज गिरीले जानकारी दिए।

लुम्बिनी प्रेस क्लब रुपन्देहीका अध्यक्ष कमल रायमाझीले लुम्बिनी खुकुरी क्लब खेलकुद र खेलाडीलाई प्रोत्साहन गर्ने संस्थाका रूपमा रहेको बताउनुभयो । उहाँले यो क्लबले धेरै खेलाडी उत्पादन गर्न सफल भएको उल्लेख गरे।

पूर्वराष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले प्रतियोगिता सञ्चालन गर्न करिब रु ११ लाख ५० हजार खर्च हुने बताए। सिद्धार्थनगर-१ वडा कार्यालयको सहयोग र रुपन्देही क्रिकेट सङ्घको सहकार्यमा प्रतियोगिता सञ्चालन हुने लुम्बिनी खुकुरी क्लबका सचिव ओजश शर्माले जानकारी दिए ।