२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः… बर्दियामा ५५ जनाको डिएनए संकलन साहित्यकार डा लालको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको केन्द्रीय समिति बैठक वैशाख ७ गते, अनिवार्य उपस्थितिका लागि निर्देशन



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ।

पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार बैठक आगामी वैशाख ७ गते बस्ने जनाइएको छ।

बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघर, वनस्थली, काठमाडौंमा आयोजना हुने बताइएको छ। बैठकमा केन्द्रीय समितिका सबै सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको पार्टीले जनाएको छ।

पार्टीका समसामयिक विषय, संगठन विस्तार तथा आगामी रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ।