१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु



अ+ अ-

काठमाडौं । बैतडीका जिल्लाको सिगास गाउँपालिका–८ स्थित सानीगाड खोलामा आज ट्याक्टर दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ ।

यहाँको सिगास गाउँपालिका–८ लुपुणबाट बझाङको देउलेखतर्फ जाँदै गरेको सपप्र ०१ ००१ त १३८४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सिगास–८ टोलखेतका २५ वर्षीय लोकेन्द्र बोहराको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले ट्याक्टरमा चालकसहित दुई जना सवार रहेकामा बोहराको निधन भएको बताए ।

चालक सिगास गाउँपालिका–५ का अन्दाजी ३० वर्षीय दानबहादुर धामी आफूहरूको सम्पर्कमा रहेको उनले बताए । ट्याक्टर सडकबाट करिब ३०० मिटर तल खसेको जनाइएको छ ।