१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग News Polar टिपरको ठक्करबाट बालिकाको मृत्यु News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा

हावाहुरीले आँपको चिचिला झारेपछि सिराहाका किसान चिन्तित

हावाहुरीले आँपको चिचिला  झारेपछि सिराहाका किसान चिन्तित
ढकमक्क फुलेको आँप
अ अ+ अ-

काठमाडौं । सिराहा जिल्लामा यस वर्ष आँप उत्पादनमा ह्रास आउने भएको छ । अघिल्लो वर्षको तुलनामा यसपटक उत्पादन बढ्ने अपेक्षा गरिए पनि ‘मधुवा’ रोग र हावाहुरीका कारण मञ्जर र टिकुला (चिचिला) झरेपछि किसानहरू चिन्तित बनेका छन् ।

कृषि ज्ञान केन्द्रका अनुसार करिब नौ हजार २५ हेक्टर क्षेत्रफलमा लगाइएको आँपमा यस वर्ष मञ्जर निकै राम्रो लागेको थियो, तर रोगको प्रकोपले गर्दा अहिले रुखहरूमा करिब १० प्रतिशत मात्र फल बाँकी रहेको छ ।

केन्द्रका सूचना अधिकृत सुदीप खनालले भने, “सिरहाको करिब नौ हजार २५ हेक्टर क्षेत्रफलमा गरिएको आँपखेतीबाट यसपटक उल्लेख्य उत्पादनको अपेक्षा थियो । तर रोगका कारण मञ्जर र टिकुला झर्ने क्रम नरोकिँदा उत्पादनमा ठूलो ह्रास आउने देखिएको छ ।”

उनका अनुसार गत वर्ष जिल्लामा ५९ हजार ८८६ मेट्रिक टन आँप उत्पादन भएको तथ्याङ्क छ । लहान नगरपालिकाका कृषि शाखा प्रमुख प्रकाश साह हलुवाइका अनुसार किसानले ‘इमिडाक्लोप्रिड’जस्ता विषादी प्रयोग गरे तापनि प्रकोप नियन्त्रण बाहिर गएको थियो ।

मञ्जर लाग्ने समयमा भएको वर्षा र अत्यधिक हावाहुरीले समस्या झनै बल्झाएको प्राविधिकहरूको ठहर छ । आँपखेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका किसानहरू यतिबेला निकै निराश छन् । लहान–२४ का किसान प्रमोद यादवले भने, “हामीलाई रोग नियन्त्रणका लागि आवश्यक ज्ञान र सीपको अभाव छ । सरकारले समयमै सचेतनामूलक कार्यक्रम र प्राविधिक सहयोग उपलब्ध गराउनुपर्छ ।”

त्यस्तै, गए रातिको हावाहुरीले बाँकी रहेका टिकुलाहरू पनि झारिदिएपछि लगानी नै नउठ्ने अवस्था आएको लहान–२२ का किसान रामवृक्ष यादवले बताए ।

उनले दुखेसो पोख्दै भने, “विषादी र मलजलमा निकै खर्च भयो, तर अहिले रुखमा टिकुला नै छैनन् । आम्दानी हुने बेला रोगको प्रकोप त एकातिर छँदैछ, अर्कोतर्फ बेस्सरी आएको हावाहुरीले आँपका अडिएका चिचिला नै झरेपछि यसपालि लगानी पनि नउठ्ने डर भयो ।”

रोगको क्षतिलाई मध्यनजर गर्दै कृषि ज्ञान केन्द्रले आगामी वर्षहरूमा मञ्जर लाग्नुअगावै सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।