१३ श्रावण २०८३, बुधबार
,
Latest
कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु विपद् व्यवस्थापन सम्बन्धी कांग्रेसको विशेष प्रशिक्षण एक दिन सर्‍यो एक अर्ब ८९ करोडभन्दा बढीको हुण्डी कारोबारमा संलग्न आरोपित पक्राउ चिकित्सकमाथि भएको आक्रमणको विरोधमा देशभरका स्वास्थ्य सेवा प्रभावित, माईतीघरमा प्रदर्शन (तस्बिरसहित) राजनीतिक दल र निर्वाचन प्रणालीमा व्यापक सुधारको खाँचोः सांसद केसी प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको कार्ययोजनाः विदेशमा रहेका नेपालीलाई मताधिकार र प्रविधिमैत्री निर्वाचनमा जोड प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध संसदीय सुनुवाई समितिमा उजुरीकर्ताको बयानः ५० करोड नोक्शानी पुर्‍याएको आरोप निष्क्रिय राजनीतिक दल खारेज र राज्यद्वारा फण्डिङको व्यवस्था गर्ने प्रश्तावित प्रमुख आयुक्त कार्कीको कार्ययोजना शुक्लाफाँटामा बाघको सङ्ख्या ५० पुग्यो सन्तानका लागि विवाह, त्यसपछि हिंसा : चीनमा बेचिँदै नेपाली युवती
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरहा: एक महिनामा १९ स्थानमा आगलागी



अ+ अ-

सिरहा। गर्मी र सुक्खा मौसम सुरुसँगै सिरहामा आगलागीका घटनामा तीव्र वृद्धि भएको छ ।

जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको गत चैतको विवरणअनुसार एक महिनामा जिल्लाका विभिन्न १९ स्थानमा विद्युत् सर्टलगायत कारणले आगलागीका घटना भएका छन् । प्रहरीको तथ्याङ्कअनुसार चैतमा तीन वटा विद्युत् सर्टसहित १९ वटा आगलागीका घटना भएका हुन् ।

यी घटनाहरूबाट करिब रु ३३ लाख २७ हजार बराबरको आर्थिक क्षति भएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रण र उद्धारका लागि प्रहरीले १८२ जना जनशक्ति परिचालन गरेको छ ।

आगलागीबाहेक जिल्लामा अन्य प्राकृतिक विपद्का घटनाबाट पनि मानवीय क्षति भएको छ । पानीमा डुबेर एक र करेन्ट लागेर एक जनाले ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिनुभयो । उहाँका अनुसार जङ्गली जनावरको आक्रमणबाट एक जना घाइते भएका छन् भने हावाहुरीका कारण एक ठाउँमा भौतिक क्षति पुगेको छ ।

यसैबीच, विपद्सँगै जोडिएको वातावरणीय जोखिम र प्राकृतिक सम्पदाको अवैध दोहन नियन्त्रणतर्फ पनि प्रहरीले सक्रियता देखाएको छ । चैत महिनामा अवैध रूपमा नदीजन्य वा वन पैदावार उत्खननमा संलग्न पाँच वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जसबाट रु एक लाख जरिवाना सङ्कलन गरी राजस्व कार्यालयमा दाखिला गरिएको प्रहरी नायब उपरीक्षक पालले जानकारी दिनुभयो । विपद्को समयमा तत्काल प्रतिकार्यका लागि जिल्लाभरका विभिन्न युनिटबाट प्रहरी जनशक्ति परिचालन गरिएको उहाँले बताउनुभयो ।

प्रहरीले आगलागी नियन्त्रणका लागि स्थानीय तहका दमकल र स्थानीय बासिन्दासँगको समन्वयमा कार्य गर्दै आएको छ । सुक्खा मौसम अझै बाँकी रहेकाले आगलागीका घटना बढ्न सक्ने भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत रहन र आगोको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । रासस




भर्खरै