७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले

तीन दशकभन्दा बढी समयदेखि नेतृत्वमा प्रचण्ड, छैनन् दावी गर्ने कोही

तीन दशकभन्दा बढी समयदेखि नेतृत्वमा प्रचण्ड, छैनन् दावी गर्ने कोही
अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रको महाधिवेशन आजदेखि सुरु हुँदैछ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले पास गरेको विधान अनुसार पार्टीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने छन् । अन्य पदाधिकारीमा को को रहने भन्नेबारेमा अहिलेसम्म स्पष्ट नभए पनि पार्टीको अध्यक्षमा पुष्पकमल दाहाल 'प्रचण्ड' नै हुने करिब करिब टुङ्गो लागिसकेको छ । किनकी उनलाई नेतृत्वमा उछिन्न आँट गर्ने नेता पार्टीमा अहिले कोही पनि देखिएका छैनन् । 

त्यसो त प्रचण्डले माओवादी पार्टीको नेतृत्व गर्न थालेको पनि तीन दशकभन्दा धेरै भइसकेको छ । सेक्टर काण्डपछि नेकपा मशालमा मोहन वैद्यलाई हटाई पहिलोपटक पार्टी महामन्त्री बनेका प्रचण्डले त्यसयता लगातार ३२ वर्ष पार्टीको नेतृत्व सम्हाल्दै आएका छन् । यसबीचमा विभिन्न कालखण्डमा विभिन्न पार्टीसँग एकीकरण वा विलय गर्दै पार्टीको नाम पनि फरक फरक राखिए पनि पार्टीको शीर्ष नेतृत्व प्रचण्डले नै लिँदै आएका छन् ।

विसं २०४८ मा चारवटा कम्युनिस्ट पार्टीहरुले एकीकरण गरी नेकपा (एकता केन्द्र मशाल) बनाएका थिए । जसको नेतृत्व पनि प्रचण्डले नै गरेका थिए । सो पार्टीका उनी महामन्त्री भएका थिए । कम्युनिष्ट पार्टीमा अध्यक्षात्मक व्यवस्था आउनुअघि महामन्त्री वा महासचिव नै पार्टी नेतृत्वमा हुन्थे र सर्वशक्तिशाली हुन्थे । 

नेकपा (एकता केन्द्र मशाल) बनेको तीन वर्षपछि नै २०५१ सालमा सशस्त्र जनयुद्धमा जानका लागि नेकपा माओवादी गठन भयो । जसको नेतृत्व प्रचण्डले नै गरेका थिए । उनी नेकपा माओवादीका अध्यक्ष भए । विसं २०५२ फागुन १ गतेदेखि जनयुद्ध सुरु गरेको नेकपा माओवादी पार्टीले जनयुद्धभरि कुनै महाधिवेशन नै गरेन किनकी हिंसात्मक विद्रोहमा लागेको पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्नुपर्ने आवश्यकता नै परेन । 

हिंसात्मक विद्रोहबाट पार नलागेपछि नेकपा माओवादी विस्तृत शान्ति सम्झौतामार्फत शान्तिपूर्ण मूलधारको राजनीतिमा आयो । लगत्तै नारायणकाजी नेतृत्वाको एकताकेन्द्र मशालसँग एकीकरण गरी पार्टीको नाम नेकपा एकीकृत माओवादी बनाइयो जसको अध्यक्ष प्रचण्ड नै भए । 

प्रचण्डलाई नेतृत्वमा चुनौती दिनसक्ने नेता माओवादी पार्टीमा नभएका थिएनन् । उनीहरुले नेतृत्वमा चुनौती दिएका थिए पनि तर उनीहरु आफैँ पाखा लाग्दै भिन्नै पार्टी खोल्ने अवस्थामा पुगे । विसं २०६९ मा मोहन वैद्यले छुट्टै पार्टी नेकपा (माओवादी) गठन गरे । पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले आफ्नै नेतृत्वमा नयाँ शक्ति घोषणा गरे । 

विसं २०६९ मा हेटौँडामा भएको पार्टीको सातौँ महाधिवेशनबाट प्रचण्ड पुनः अध्यक्ष भए । विसं २०७१ मा विराटनगरमा राष्ट्रिय सम्मेलन गरेर अध्यक्षमा प्रचण्डलाई नै चयन गरियो। विसं २०७३ जेठमा एकीकृत माओवादीसहित १० वटा वाम घटकहरुबीच एकीकरण गरेर नेकपा माओवादी केन्द्र स्थापना भयो। पुनः अध्यक्ष प्रचण्ड नै बने।

नेकपा माओवादी केन्द्र बनेको दुई वर्ष पनि नपुग्दै विसं २०७५ जेठ ३ गते नेकपा एमालेसँग एकीकरण भई नेकपा बन्यो । सो पार्टीमा दुई जना अध्यक्ष रहने व्यवस्था भएबमोजिम केपी शर्मा ओली र प्रचण्ड दुवै नेता अध्यक्ष बने । सर्वोच्च अदालतले दुई पार्टी मिली बनेको नेकपालाई मान्यता नदिएपछि पुनः पूर्ववत् अवस्थामा आएको नेकपा माओवादी केन्द्रको अध्यक्ष प्रचण्ड नै भएका छन् । 

यसरी ३२ वर्षदेखि प्रचण्ड लगातार पार्टी नेतृत्वमा रहँदै आएका छन् । यसबीचमा मुलुकका प्रमुख राजनीतिक दलहरुमा नेतृत्व परिवर्तन हुँदै आइरहेको छ । नेपाली काङ्ग्रेसमा कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवा पार्टी सभापति भइसकेका छन् भने नेकपा एमालेमा मदन भण्डारी, माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओलीले पार्टीको नेतृत्व सम्हालिसकेका छन् । 

अचम्म त के छ भने माओवादी पार्टीका हरेक राष्ट्रिय सम्मेलन वा महाधिवेशनमा प्रचण्डलाई चुनौती दिएर उम्मेदवार भएका कोही छैनन् जबकी नेपाली काङ्ग्रेस र नेकपा एमालेमा हरेक महाधिवेशनमा नेतृत्वलाई चनौती दिँदै विभिन्न नेताले उम्मेदवारी दिएका थिए । 

माओवादीको यसपालिको महाधिवेशनमा पनि अध्यक्ष प्रचण्डलाई चुनौती दिने कुनै नेता देखिएका छैनन् । पार्टी सङ्गठनमा बलियो देखिएका वर्षमान पुन र जनार्दन शर्माबीच अध्यक्षपछिको शक्तिशाली पद महासचिवका लागि रस्साकस्सी हुने धेरैले बताउँदै आएका छन् । त्यसैले पार्टीमा निर्विकल्प अध्यक्ष हुनबाट उनलाई रोक्न यसपालि पनि कसैले आँट गर्ने छैन ।