१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुवाआमाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना



अ+ अ-

खोटाङ।  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा पाँच लाख रुपैयाँको ‘मुगाधन र भलशोभा स्मृति अक्षयकोष’ स्थापना गरिएको छ ।

स्व मुगाधन र भलशोभा राईका छोरा ९९ वर्षीय कर्णबहादुर राई, छोरी ८७ वर्षीया कुमारीकृष्ण राई, स्व छोरा राजबहादुर र भुइचालबहादुर राईको परिवारले विद्यालयमा अक्षयकोष स्थापना गरेका हुुन् ।

मुलधन नमासिने गरी त्यसको ब्याजबाट विद्यालयको आवश्यककीय कामकाजमा खर्च गरिने कुमारीकृष्णका छोरा भोगिन्द्र राईले जानकारी दिनुभयो । “स्वर्गीय मुगाधन र भलशोभा राई हाम्रो परिवारको प्रेरणाका स्रोत हुनुहुन्छ । उहाँहरुको सम्मानमा परिवारका सदस्य मिलेर अक्षयकोष स्थापना गरेका हौँ”, उहाँले भन्नुभयो, “अक्षयकोषको संरक्षकमा परिवारकै एकजना सदस्य बसेका छौँ । मुलधन नमासिने गरी त्यसको ब्याजबाट आवश्यककीय कामकाजमा खर्च गर्ने अधिकार विद्यालयलाई दिएका छौँ ।”

मुगाधन र भलशोभा राईका कान्छा छोरा स्व ध्यानबहादुर राईको सम्झनामा ३४ हजार ५०० रुपैयाँ मुल्य बराबरको हार्मोनियम, मादल र बासुरीसमेत विद्यालयलाई प्रदान गरिएको छ । अक्षयकोष स्थापना तथा वाद्यवादन सामग्री हस्तान्तरण कार्यक्रममा कर्णबहादुर र कुमारीकृष्ण राईलाई अभिनन्दनसमेत गरिएको विद्यालयका पूर्वप्रधानाध्यापक वेदीकुमार राइले जानकारी दिनुभयो ।

विद्यालयको शैक्षिक अभिवृद्धि र सौन्दर्यकरणमा ६० हजार ६०० रुपैयाँ सहयोग गर्ने स्थानीय तथा जिल्ला जनस्वास्थ्य कार्यालय खोटाङका लेखापाल प्रेमकुमार राईलाई एक कार्यक्रमबीच गत शुक्रबार सम्मान गरिएको छ । रासस